साँस्कृतिक महोत्सवको तयारी पूरा



धनवीर दाहाल, रुकुम पुर्व
प्रथम रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका–रुकुमकोट स्थित सहिद स्मृति र रंगशालामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

मंगलबार २५ गते विहान ११ बजे उपप्रधान तथा रक्षा मन्त्रीले इश्वर पोखरेलले महोत्सवको उद्घाटन गर्नुहुने छ । उद्घाटन कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको महोत्सव मुल आयोजक समिति संयोजक तथा रुकुमपूर्व चेम्बर अफ कमर्शका अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कमला रोका, राष्ट्रिय सभा सदस्य कोमल ओलीको साथै ५ नम्वर प्रदेश सभा सदस्यहरु समेत उपस्थित हुनुहुने छ ।
पहिलो दिन महोत्सव उद्घाटनसँगै स्थानीय झा“कीहरु प्रस्तुत गरिनेछ ।

स्थानीय वनगारी, सिङ्गारु, पैसेरु, पञ्चेबाजा, मयुर, भूम्या, झा“क्री नाच लगायत रुकुम पूर्वमा गाइने तथा नाचिने सबै झाँकी पहिलो दिन प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा ४० स्टल बुकिङ भएका छन् । स्टलमा स्थानीय उत्पादनदेखि व्यापारीक सामग्री समेत राखिएको छ । महोत्सव पुस ५ गते सम्म चल्ने । पर्यटन, सस्कृति, जडिबुटी, उद्योग र व्यापारःरुकुमपूर्वको समृद्धिका मुल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको हो ।

देशको ७७ औं तथा कान्छो जिल्ला बनेपछि पहिलो पटक महोत्सव हुन लागेको हो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र साँस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव गर्ने निर्णय भएको बताइएको छ । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउन लक्ष राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष थापाले बताए । महोत्सवमा जिल्ला भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव स्थलमा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइने छ भने स्टलहरुमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राख्ने तयारी गरिएको छ ।

मध्यपहाडी लोकमार्गको कारण जिल्ला आउन जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहीरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ । छिमेकी जिल्लाहरु रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाण्डौं समेतबाट पर्यटकहरु आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्