भिरालो बारीमा सिमी खेति



सलिम अन्सारी, प्युठान
भिरालो बारीको सदुपयोग गर्न यहाँ घिउसिमीको खेति गरिएको छ। झिमरुक गाउँपालिका–३ भेडाबारी तिलाहाल्नाका किसानहरुले भिरालो बारिमा सिमि खेती सुरु गरेका हुन। यहाका १६ घरधुरीले सेमीको बिउ उत्पादनका लागि खेति गर्दै आएका हुन् ।

सातवर्ष अघिदेखि बिउ उत्पादन गर्दै आएको किसान बोमबहादुर खत्रिले बताए । पहिलो वर्ष कालिका विकास केन्द्र नेपाल विजुवार प्युठानको सहयोगमा बिउ उत्पादन गरेको उनले बताए । उनले भने,‘त्यस भन्दा पछि हामीहरुलाई सहयोग गर्ने कोहि भएनन् । ’खेर गईरहेको जमिनलाई उपयोग गरेका छौ उनले भने।

भेडाबारीका किसानहरुले ४० रोपनी भिरालो पाखाबारीमा बिउ उत्पादन गर्दै आएका छन् । उत्पादन गरेको बिउ विक्रि सहजै विक्रि हुने र आम्दानी पनि सोचेजस्तो हुने हुँदा किसानहरु बिउ उत्पादनमा आर्क्र्षित भएको खत्रीले जनाए । उनले ३ रोपनी क्षेत्रफलमा बिउ उत्पादन गर्दै आएको सुनाए । उनले भने,‘सिजनमा ४० हजार रुपियाँ आम्दानी गर्छु । ’त्यस्तै उक्त स्थानकै अर्का किसान खिमबहादुर खत्रीले ५ रोपनी क्षेत्रफलमा बिउ उत्पादन गर्दै आएको बताए ।

उनले सिजनमा बिउ बेचेरै ७० हजार रुपियाँ आम्दानी गरेको सुनाए । उनले भने,‘बिउ बेचेकै आम्दानीबाट घर खर्च संगै छोराछोरी पढाउदैँ आएको छु ।’ उनले यस व्यवसाय संगै अरु व्यवसाय संग जोडिन चाहेको बताए । उनले भने,‘स्थानिय सरकारबाट सहयोग पाउँने आस गरेको छु । ’ स्थानिय सरकारले सहयोग नगरेकोमा यहाका किसान दुःख व्यक्त गर्छन । सुरुमा कालिका विकास केन्द्रको सहयोगमा बिउ उत्पादन गरेका किसानले साविकको गाउँ विकास समिति र हाँलको गाउँपालिकाले सहयोग नगरेको बताउछन् ।

बिउ सिंचाईका लागि पानीको अभाव र जंगली जनावरले बिउ नोक्सान गरिरहँदा गाउँपालिकाबाट कुनै सहयोग नपाएको उनिहरु बताउछन् किसानहरुले बिउ उत्पादन, प्रोत्साहनका लागि गाउँपालिकाले सहयोग गर्ने आश गरेका छन् । उनीहरुले किटनाशक औषधी, स्पे्र ट्रयांकी, अनुदानमा बिउ पाएमा खेति गर्न उत्साह मिल्ने बताए ।

त्यस्तै गाउँपालिका भित्रै पर्ने आहालखोला क्षेत्रका किसानहरुले आलु खेति गर्दै आएका छन् । उनीहरुले परम्परागत शैलीमै आलु खेति गरेको बताउछन् । किसानहरुले स्थानिय सरकारसंग व्यवसायिक खेति गर्नका लागि सहयोगको अपेक्षा रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्