बडिगाड खोलामा ¥याफ्टिङ्गको परिक्षण



अनिल खत्री, गुल्मी
गुल्मीको बडिगाढ खोलामा याफ्टिङ्गको गरिएको छ । जिल्लाको सत्यवति गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावति) खोलामा ¥याफ्टिङ्गको सफल परिक्षण गरिएको हो । सत्यवति गाउँपालिकाले पर्यटन व्यवसायलाई अगाडी ल्याउने उदेश्य स्वरुप चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेको हो ।

सत्यवति गाउपालिका ५ को, साहाघाटदेखि सत्यवति १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर भन्दा बढी दुरीमा ¥याफ्टिङ्ग गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादब भण्डारीले बताए । ¥याफ्टिङ्गको परिक्षण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बोटमा चढेर गरेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको नेतृत्वमा कर्मचारी टोली सवार भई एक जना गाइडको साथमा उक्त दुरी तय गरिएको थियो । पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको सत्यवति गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा ¥याफ्टिङ्ग व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

परिक्षणपश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले यस खोला निकै सम्भावनायुक्त रहेको कारण प्रचारप्रसार गरी वाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने भण्डारीले बताए । नदीको बीचका केही ढुङ्गाहरु हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने परिक्षण टोलिले शुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्