सर्भिस ट्रयाक फराकिलो पार्ने काम सुरु



पुष्कर बुढाथोकी, भक्तपुर।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकदेखि साँगासम्मको सर्भिस ट्रयाक फराकिलो पार्ने काम सुरु भएको छ ।पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सर्भिस ट्रयाकको शिलान्यास गर्दै सर्भिस ट्रयाक बिस्तारले राजमार्गको जाम तथा दुर्घटना न्युनिकरण अन्त्य गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सांसद बस्नेतले सडकको मापदण्ड अनुसार फागुनदेखि मात्र काम अघि बढ्ने जानकारी गराउँदै सडकको मापदण्ड अनुसार निर्माण भएका कुनै पनि घर तथा टहरा हटाउन समेत स्थानीयवासीलाई आग्रह गर्नुभएको छ ।

उहाँले २०३५ भन्दा अघि निर्माण गरिएका घर तथा टहरा भने तत्काल नहटाउन आग्रह गर्दै सरकारले क्षतीपूर्तिको व्यवस्था गरेपछि हटाउन समेत आग्रह गर्नुभयो । उहाँले फागुनदेखि जापान सरकारले अरनिको राजमार्गलाई ८२ फिटको बनाउने कार्य प्रारम्भ गर्ने जानकारी गराउँदै उहाँले राजमार्गमा अन्य आवश्यक सरसफाई, वातावरण सुन्दरताका कार्य समेत गर्न जापान सरकार सहमत भएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका क्रममा कुनै समस्या आए समाधान गर्न प्रशासन तयार रहेको तर निर्माण प्रकृयालाई अवरोध गरे प्रशासन जवाफि कारवाही गरी अघि बढ्ने चेतावनी समेत दिनुभयो । प्रदेश नं. ३ का सदस्य रजनी जोन्छे, सूर्र्यिवनायक नगरपालिकाका प्रमुख बासुदेव थापा ,सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले शीघ्र सडक बिस्तार गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्