मदिराले वढायो लैंगिक हिंसा



महेश न्यौपाने, रोल्पा

लैंगिक हिंसाको मुल कारण मदिरा भएकाले यसको कडाईका साथ नियन्त्रण गर्नुपर्ने सरोकारवालहरुले सुझाव दिएका छन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त सुझाव दिएका हुन ।

व्यापारिक प्रयोजकका लागी अखाद्य वस्तुवाट तयार गरिएका घरेलु मादक पदार्थका कारण लैंगिक हिंसा वढेको देखिएको छ जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले भने । कडा मादक पदार्थ उत्पादन गर्ने निहुँमा अखाद्य वस्तु प्रयोग गरिने भएकाले त्यस्तो मादक पदार्थ सेवन गर्नेले अचेत भई हिंसा गर्ने गरेको पाईएको छ पन्थीले भने । घरेलु मदिरा नियन्त्रण गरे लैंगिक हिंसा उल्लेख्य मात्रामा घट्ने पन्थीको भनाई छ । लैगिंक हिंसाका घटनालाई पनि मेलमिलापवाट हैन कानूनी उपचारवाट टुंग्याउनु पर्छ पन्थीले भने ।

मादक पदार्थ नै महिला हिंसाको मुख्य कारक हो जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले भने । महिला माथि कसरी हैकम जमाउने भन्ने मनोविज्ञानले वास गरेका पुरुषले मादक पदार्थ सेवन गर्ने वित्तिकै यस्तो प्रवृद्धी देखाउने गर्दछन प्रमुख वुढाले भने । मादक पदार्थ उत्पादन पनि महिलाले गर्ने र हिंसाको पिडा पनि महिला नै हुनु पर्ने वाध्यता छ प्रमुख वुढाले भने ।

लैंगिक हिंसा विरुद्धको अभियान रोल्पाका स्थानीय सरकारहरुको प्राथमिकताको विषय भएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले वताए । बालविवाह न्यूनिकरणका लागि नगरपालिकाले रणनैतिक योजना तयार गर्नुका साथै महिलाहरुलाई आर्थिक सामाजिक रुपले सशक्तीकरण गर्ने कार्यक्रम संचालन गरिरहेका छौ प्रमुख केसीले भने ।

भाद्र १ गतेवाट लागु भएको मुलुकी आचार संहिता पछि रोल्पा जिल्लामा पुरुषले समेत संवन्ध विच्छेद गर्न थालेको महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले वताईन ।

प्रतिक्रिया दिनुहोस्