निर्मला हत्या प्रकरणः सांसदको प्रश्न-महानिरीक्षकाे जवाफ ‘प्रहरीले गम्भीरताकासाथ अनुसन्धान गरिरहेको छ’



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कन्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानको क्रममा कही कतै पनि दबाब नआएको बताउनुभएको छ । ‘हाम्रो सामाथ्र्यले जति गर्न सकिन्छ, त्यो काम गरिरहेको छौ । तर अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि पनि नगरिदिए चाँडो नै यसलाई परिणाममा लैजान्छौ’, महानिरीक्षक खनालले भन्नुभयो ।

सोमवार बसेको राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो ।

‘प्रहरी संगठनको नेतृत्व हैसियतमा व्यवसायिकताबाट एक रौं पनि गलत गरेको छैन’, महानिरीक्षक खनालले भन्नुभयो–‘म के आश्वास्त पार्न चाहन्छु भने प्रहरीले व्यवसायिकता निष्ठा र इमान्दारीताको साथ काम गर्छ ।’

पन्तको हत्यारा अहिले नै पत्ता लगाउन चाहेको बताउदै उहाँले केही घटनामा समय लाग्ने गरेको स्मरण गर्दै यो घटनाको आफूह?ले संवेदनशिल भएर अनुसन्धान गरिरहेको बताउनुभयो । ‘अपराधी पत्ता लगाउन दृढतापूर्वक लागेका छौ, कसैको दबाबले प्रहरी अनुसन्धानकालागि प्रभावित हुँदैन’,उहाँले भन्नुभयो–विज्ञ सहित हामीले घटनाको अनुसन्धान गरिरहेका छौ, अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण सबैमा अपिल पनि गर्दछु ।’ नामह? हतारमा दिइ हाल्ने बानी पनि छ, नाम बाहिर ल्याउदा ती व्यक्तिह?सँग अ? व्यक्तिह? पनि जोडिएका हुन सक्छन, यस्तो अवस्थामा अनुसन्धानमा प्रहरीलाई सहयोग गरिदिनुपर्छ, महानिरीक्षक खनालले भन्नुभयो ।

‘प्रहरी प्रमुखका ?पमा काम गर्दा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ’, उहाँले भन्नुभयो–अनुसन्धानका कुनै व्यक्तिलाई ल्याए दोषी करार गर्नु छैन ।’

महानिरीक्षक खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको बताउनुभयो । उहाँले राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही गरिएको बताउनुभयो ।

अनुसन्धानको क्रममा कही कतैबाट पनि दबाब आएको छैन
प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न अपिल

समितिका सदस्य सरिता प्रसाइँले महानिरीक्षक खनालाई कतैबाट दबाब आएको कारण घटनाको दोषी पत्ता लाग्न नसकेको हो कि भन्ने प्रश्न गर्नुभएको थियो ।

जवाफमा महानिरीक्षक खनालले पन्तको घटनाको दोषी पत्ता लगाउनकालागि सोधपुछ नै गर्नुपर्ने अवस्था रहेको र प्रहरीले गरिरहेको बताउनुभाये । अनुसन्धान गरिरहेका छौ, विश्वास नै सबै भन्दा ठूलो कुरा हो । कुनै मानिसलाई ल्याएर अपराधी करार गर्नु छैन्’, उहाँले भन्नुभयो ।

उहाँले विगतमा आफूले धेरै सफल अनुसन्धान गरेको स्मरण गर्दै संगठनको नेतृत्व सम्हालेपछि दृढताको साथ देश र जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागेको बताउनुभयो । प्रहरी संंगठनको प्रमुखको हैसियतले घटनाको दोषी पत्ता लाग्न नसक्दा आफूलाई पनि चिन्तित बनाएको र रातमा आफूलाई निद्रा समेत नलाग्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

समितिका सदस्य दीनानाथ शर्माले बालक अपरण, बालिका बलात्कार र हत्याका घटना वृद्धि हुनुले आफूह?लाई चिन्तित तुल्याएको बताउदै यस्ता घटना हुनुको प्रमुख कारण पहिचान गरेर समाधान गर्नु सबैको चासो र दायित्वकोे विषय भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिका सभापति तारादेवी भट्टले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्