सामुदाय प्रहरी साझेदारी कार्यक्रम जोरायलमा बिस्तार



SONY DSC

विमल बिष्ट, डोटी ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम जोरायल गाउँपालिकामा पनि बिस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी र जोरायल गाउँपालिकाको सहकार्यमा साझेदारी कार्यक्रम सुरु गरिएको हो ।

स्थानीय तह र प्रहरी प्रशासनको सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागि सामुदाय प्रहरी साझेदारीको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताउनु भयो ।

नागरिककोे सुरक्षा सम्बन्धिका कुनै पनि समस्या भएमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरी उपरिक्षक माझीले सबैमा आग्रह गर्नु भएको छ ।

लैंगिक हिंसा सम्बन्धिका समस्यमामा चुप लागेर नबस्न पनि माझीले आग्रह गर्नु भएको छ । सामुदाय र प्रहरी दुबै मिलेर मात्र अपराध नियन्त्रण गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भयो ।

समाजमा भएका बिद्यमान कुरिती, कुप्रथा अत्यन्त गर्नका लागि त्यस्को बिरुद्धमा जानका लागि जनप्रतिनिधीको प्रतिबद्धता आबश्यकता रहेको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताउनु भयो ।

प्रहरी र स्थानीय तहका जनप्रतिनिधीलाई नागरिकले सहयोग गर्नु पर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । प्रहरी र सामुदाय नङ र मासुको जस्तो सम्बन्ध हुनु पर्ने ओझाले बताउनु भयो ।

जनताको हित अनुकुलका काम गर्नका लागि जोरायल गाउँपालिका तयार रहेको अध्यक्ष ओझाले प्रतिबद्धता गर्नु भयो ।

आफनो गाउपालिकामा बहु बिवाह तथा बाल बिवाह बढ्दै गएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनु भयो । पछिल्लो समयमा बिद्यालय पढ्दै गर्दा बिद्यालय छोड्ेर बाल बिवाह तथा बहु बिवाह गर्ने समस्या बढेकोले यस्को रोकथामका लागि प्रहरीले सक्रियता बढाउनु पर्ने उहाँको धारणा रहेको छ ।

जोरायल गाउँपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम गरेर कार्यक्रमको सुरुवात गरिएको हो । जोरायल गाउँपालिकामा सामुदाय प्रहरी साझेदारी समितिको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहनु भएको छ ।

वडा स्तरमा वडा अध्यक्षको नेतृत्वमा समिति गठन गर्ने, बिभिन्न क्षेत्रका सरोकारवाला निकाय, नजिकको प्रहरी कार्यालय सहतिको समिति गठन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्