प्रवर्धनको कारण ट्विटरका सिइओ आलोचित



याँगुन,(एजेन्सी)
ट्विटरका प्रमुख कार्यकारिणी अधिकारी ज्याक डोर्सीलाई व्यापक रुपमा मानव अधिकार हनन भइरहेको बताइएको म्यान्मारको पणर््टन प्रवर्धन कार्य गरेको भन्दै निकै आलोचना गरिएको छ ।

डार्सीले गरेका थुप्रै टिवटमा उनले आफु गत महिना ध्यान गर्ने उद्देश्यले म्यानमारको भ्रमण गरेको उल्लेख गरेका छन् । उनले म्यान्मारका जनता निकै सुखी र खुशी रहेको तथा त्यहाँका खाना स्वादिलो र शानदार रहेको भन्दै आफ्ना चालिस लाख फलोयरलाई म्यान्मार भ्रमणका लागि प्रात्साहित गर्ने प्रयास गरेका छन् ।

तर केहिले उनालाई म्यान्मारका अल्पमत रोहिँग्या मुश्लिमहरुको दुखलाई वेवास्ता गरेको आरोप पनि लगाएका छन् । गत वर्ष म्यान्मारको सेनाले थुपै्र प्रहरी चौकीमा आक्रमण गरेको भन्दै रोहिँग्या समुदायमाथि हिंसात्मक दमन गरेको थियो ।

उक्त दमनको क्रममा सेनाले हजार्रौं व्यक्तिको हत्या र वलात्कार गर्नुका साथै लुटपाट र आगजनी पनि गरेको मानव अधिकारवादी संस्थाहरुले अरोप लर्गाका थिए ।

फलस्वरुप शान्तिका लागि नोवेल पुरुस्कार विजयी आंग सान सुकीबाट इन्टरनेसनल एमनेष्टिले आफुले विगतमा दिएके पदक फिर्ता लिएको थियो । सेनाको दवावको कारण करिव सात लाख रोहिँग्या मुश्लि छिमेकी मुलुक बंगलादेशमा शरण लिन बाध्य भएक थिए ।

प्रतिक्रिया दिनुहोस्