आध्यात्मिक गुरु माथि यौन दुव्र्यवहारको आरोप



रियो दि जेनेरो, ( एजेन्सी)
ब्राजिलका एकजना अध्यात्मिक गुरुले आफ्नो क्लिनिकमा यौन उत्पीडन गरेको भन्दै आइतवार करिव एक दर्जन महिलाले आरोप लगाएका छन् । ‘ भगवान जोआओ ’ को उपनामले पनि प्रख्यात जोआओ टेइसेरा डि फारिया अवाडियानिया शहरमा वसोवास गर्दै आएका छन् ।

उनका चेलाहरु विश्वभरि रहेका छन् । जाहिरा लिनेके माउस नामक एक डच फोटोग्राफरले उनले सामान्य यौन दुव्र्यवहार शुरु गर्दै अन्तत आफुमाथि वलात्कार नै गरेको ग्लोवो टेलिभिजनलाई बताएकीछिन् ।

ग्लोवोलाई एक विज्ञप्ति पठाउँदै फारियाको कार्यालयले सम्पुर्ण अभियोगहरुको बडा शब्दमा अस्विकार गरेको छ । छयत्तर वर्षिय फारियाले आफ्नो आध्यात्मिक शक्तिलाई हजारौ मानिसको उपचारका लागि प्रायेग गर्दै आएके बताइएको छ । उनी आफैले पनि उपचारका क्रममा आफुले कसलाइ यौन शोषण नगरेको स्पष्ट पारिसकेका छन् ।

आफ्नो परिचय खुलाउन नचाहेका ना ैजना ब्राजिलियन महिलाले पनि उनले आफुहरुमा उनको शक्ति ंिचार गर्ने निहुँमा यौन दुव्यवहार गरेको ग्लोवो टेलिभिजनालाई बताएका छन् ।

केहिले आफ्नो डिप्रेसनको उपचार गराउँद ैगरेकाबेला यौन दुव्र्यवहार भएको बताएका छन् । ओ ग्लोवो अखवारले अन्य दुईजना महिलाले पनि यस्तै अभियोग लगाएको जनाएको छ ।

चिकित्सकिय डाक्टर नरहेका फारियालाई विना अनुमति उपचारमा लागेको अभियोगमा आर्थिक जरिवाना र कारागार संजाय भएको थियो । सन् २०१३ मा अमेरिकी टेलिभिजन प्रस्तोता ओपराह विन्फ्रि विशेष गरी फारियालाई नै भेट्ने उद्देश्यले ब्राजिल आइपुगेकी थिइन् ।

विन्फ्रिले राजधानी ब्रासिलिया स्थित उनको क्लिनिकमा गएर उनले गरेको ‘ मनो शल्यक्रिया ’ अवलोकन गरेकी थिइन् । एविसि न्युजका अनुसार फारियाले आफ्नो शरिरमा ३० जना भन्दा बढि डाक्टर र अन्य व्यक्तिहरुको आत्मा प्रवेश गर्ने गरेको र त्यसैको आधारमा उपचार गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्