केल्लीको राजिनामा



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यतिर आफ्नो विशेष सल्लाहकार जोह्न केल्लीले पदबाट राजिनामा दिन लागेको बताएका छन् । धेरै दिन देखि नै केल्लीले राजिनामा दिने चर्चा चल्दै आएको थियो ।

अवकाश प्राप्त सैनिक जनरल केल्लीको ट्रम्पसंगको सम्बन्ध बिग्रिँदै गएको कुरा पनि सार्वजनिक भएके थियो । तर ट्रम्पले केल्ली एक महान व्यक्तित्व रहेको बताउँदै एक दुइ दिनमै उनको स्थानमा आउन व्यक्तिको नाम सार्वजनिक गरिने बताएका छन् । ट्रम्पले केल्ली विगत दुई वर्षदेखि आफुसंग सहकार्य गर्दै आएके र उनको सेवा प्रशंसनिय रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्