अचम्म नमाने हुन्छ



केहिदिन अघि बाक्लै संख्यामा विदेशी पाहुना जुटाउन राम्रै कसरत गरेका युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख एकनाथ हो कि दुई नाथलाई ‘सुरक्षा थ्रेट’ भयो रे । चर्चित एसिया प्यासिफिक समिटले पीएम ओलीलाई खै के नामको अन्तर्राष्ट्रिय तक्मा दियो क्यार तर सम्मेलन आयोजना गर्न साम, दाम, दण्ड, भेद पुरा गरेका ढकाल चाहिँ असुरक्षित हुनुपर्ने, अचम्मै छ भन्या ।

अन्य खवर एक कान दुई कान अनि मैदान भएर छताछुल्ल हुँदा थाह नपाउने, कानमा तेल हालेर लमतन्न सुत्न सक्ने सरकारले ढकाललाई विशेष सुरक्षा दिने निधो भएको धरहराले सुन्यो । ‘म त विशेष व्यक्ति हुँ, विशेष सुरक्षा किन नपाउने भन्ने व्यवहोराको निवेदन गृह मन्त्रालय पुगेपछि ढकालजीले सुरक्षा नपाउने भन्ने कुरो हुन्छ’ गृहका बरिष्ठ अधिकारीहरु यस्तै गफमा मस्त भएको सुनेपछि ढकाललाई न्याय हुने निधो छ ।

ढकाल मात्रै होइन, विशेष सुरक्षा माग्नेहरु एकपछि अर्को थपिने कन्र्फम छ । ‘खैं के–के काम बिगा¥यौ रे तिम्रो त जताततै खेदो मात्रै खन्या सुनिन्छ नि’ भन्दै केही साता अघि सरकारले पप्पुलाई प्रश्नको राम्रै झप्पु हान्या थ्यो । तर उनी त स्वच्छ छवीका रे भन्ने चर्चा पनि सहर बजारमा हुन थाल्या छ । अहिले त्यहि लाइनमा थपिन थाल्या छन् चितवन तिरका पाण्डे ।

त्यसैले ढकालको के कुरा भो र, पप्पु र पाण्डेहरुले विशेष सुरक्षा पाए भने धरहरालाई चाहिँ अचम्म हुने छैन हैं !

प्रतिक्रिया दिनुहोस्