सुधारको माग राख्दै शेयर लगानीकर्ता अनसनमा



नेपाल समाचारपत्र, काठमाडौं
पुँजी बजारमा सुधारको माग गर्दै आइतबार शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयमा अनसन शुरु गरेका छन् । शेयर लगानीकर्ता दबाब समँहको नाममा विभिन्न १० वटा माग राखेर अनसन शुरु भएको हो ।

सरकारले पुँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरी बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याउनुपर्ने, अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आमलगानीकर्तासम्म पु¥याउनुपर्ने, धितोपत्र बोर्डले तीन वर्ष अघिदेखि गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पुँजी बजारमा ल्याउन कार्य््विधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागँ गरी उनीहरुलाई पुँजी बजारमा भित्र्याउनुपर्ने माग राखेको छ ।

त्यस्तै शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सिमा धितो मँल्यांकनको ८० प्रतिशत पु¥याउनुपर्ने र जोखिम भारित अंश सय प्रतिशत वा सोभन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग दबाब समँहले राखेको छ ।

प्राथमिक पुँजीको २५ प्रतिशतसम्म होइन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नसक्ने व्यवस्था होस् ।

धितोपत्र बोर्डले तीन वर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरसिपको तत्काल व्यवस्था गर्नुपर्ने, ग्रेड चार र पाँच रेटिङ प्राप्त गरेका कम्पनीलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलविद्युत् र अन्य कम्पनीलाई प्रत्यक्ष नियमनकारी निकायको व्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने व्यवस्था गर्नुपर्ने माग अगाडि सारेका छन् ।

त्यस्तै कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताव सार्वजनिक गर्नु अगावै संस्थापक र आधारभँत शेयरधनीले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताव सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने व्यवस्था गर्नुपर्ने, यसैगरी सहायक कम्पनी खोलेर आवेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलाललाई तत्काल ब्रोकर लाइसेन्स दिएर पुँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने व्यवस्था गर्नुपर्ने र कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रतिशेयर नेटवर्थभन्दा मँल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गर्नुपर्ने माग अगाडि सारेका छन् ।

अध्ययन समितिको पहिलो बैठक बस्यो

मुद्रा र शेयर बजारमा उत्पन्न समस्याका बारेमा अध्ययन गर्न गठित कार्यदलको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा विद्यमान समस्या र चुनौतीका विषयमा छलफल गरी आ–आफ्ना क्षेत्रबाट सुझाव संकलन गर्ने विषयमा छलफल भएको छ ।

मुद्रा र शेयर बजारमा उत्पन्न समस्याका बारेमा अध्ययन गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालयका वित्त क्षेत्र गर्ने सहसचिव, बैंकर्स संघ र लगानीकर्ताका प्रतिनिधिसहितको समिति गठन गर्नुभएको थियो । समितिलाई सात दिनभित्र सुझाव दिन म्याद तोकिएको छ ।

यसैबीच शेयर लगानीकर्ताले आइतबारदेखि आफैंले अनलाइन प्रणाली प्रयोग गरेर शेयर खरिद बिक्री गर्न पाएका छन् । पँर्ण स्वचालित अनलाइन प्रणाली लागँ भएसँगैै सो सेवा शुरु भएको हो ।

बिक्री आदेश प्रविष्ट गरिसकेपछि बिक्रेताको खातामा शेयर भएको वा नभएको परीक्षणपछि मात्र बिक्री आदेश कार्यान्वयन हुने नेप्सेले जनाएको छ ।

कतिपय लगानीकर्ताको डिम्याट खातासम्बन्धी विवरण अद्यावधिक नभएको, एउटै बीओआईडी नम्बर धेरै कारोबार खातासँग म्यापिङ गरिएका तथा कतिपय अवस्थामा गलत विवरणसमेत भेटिएको भन्दै डिम्याट खातासम्बन्धी विवरण दुरुस्त नभएका लगानीकर्ताको कारोबार आदेशलाई अनलाइन प्रणालीले स्वीकार नगर्ने नेप्सेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्