इस्लिङटन कलेजका २ सय ९१ विद्यार्थी दिक्षीत



लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधी हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दिक्षित भएका छन । काठमाडौमा आयोजित समारोहमा विश्वविद्यालयका प्रो भाइस चान्सलर प्रोपÞm. डोमेनिक पामर ब्राउनले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दिक्षान्त समारोहमा बोल्दै प्रो भाइसचान्सलर ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताउनुभयो । कलेजले आगामी दिनमा थप नया योजना अघि बढाउने जानकारी गराउदै भन्नुभयो–हामी विश्वस्तरको शिक्षा दिन सफल भैसकेका छौ, अब रोजगार सहितको शिक्षा दिनेछौ । सुचना र प्रविधिमा आधारित कलेजको शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उहाले भन्नुभयो–अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौ । अध्ययन संगै नया काम खोज्ने अमेरिका, अष्ट्रेलिया जापान जाने विद्यार्थीले अब नेपालमै सोही स्तरको शिक्षा पाउने जानकारी दिदै उहाले भन्नुभयो –विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ठ रोजगारी हासिल गर्न सुचना र प्रविधियुक्त शिक्षा उपलब्ध गराउनेछौ ।

अध्यक्ष बुढोथोकीले त्यसको लागि इनोभेट नेपाल कम्पनी( आइएन) नेपाल स्थापना गरेको घोषणा गर्नुभयो । उहाले सो संस्थाबाट सुचना प्रविधिमा आधारित अनलाईन शिक्षाको शुरुवात गर्न लागेको बताउनुभयो । दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीको उज्वल भविश्यको शुभकामना दिदै अध्यक्ष बुढाथोकीले अब कलेज थप नया टेक्नोलोजीमा प्रवेश गरेको जानकारी दिनुभयो । समारोहमा १ सय २३ जना बिएस्सी अनर्स कप्युटिङ, ७१ जना बिएस्सी अनर्स कप्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी,४६ जना मल्टिीमिडिया टेक्नोलोजी र ५१ जना बिबिएका विद्यार्थी रहेका छन् ।
कलेजमा अध्इयन गरेका मध्य करिब ४ हजार भन्दा बढी स्नातक गरेका विद्यार्थीले नाम चलेका सरकारी र गैर सरकारी निकाय, बैक, वित्तिय क्षेत्रका सुचना प्रविधि लगायतका क्षेत्रमा काम गरिसकेका छन् । कलेजको दिक्षान्त समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्