नक्सा बिर्सिदा चारघण्टा ढिलो उड्यो विमान



दीपेन्द्र थापा, काठमाडौ

नेपाल वायुसेवा निगमको आइतबार विहानको दुवई–काठमाडौं उडान ४ घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावहाकप्रति आत्मीयता राख्ने यात्रूकै विचल्ली भएको छ । दुवईको स्थानीय समयअनुसार विहान ४ बजे उडान भरी ९ ः ४० मा काठमाडौँमा अवतरण गर्नुपर्ने थियो तर निगमको लापरवाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको थियो ।

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घण्टापछि उडान भएको हो ।
उक्त विमानबाट यात्रारत एक यात्रुका अनुसार निगमको केन्द्रीय कार्यलय काठमाडौंबाट सो चार्ट स्क्यान गरेर पठाइएपछि कर्मचारीको आग्रहमा दुवई विमानस्थलले उडान अनुमति दिएको थियो ।

ती यात्रुले निगमको विमानप्रति आफूहरूको आत्मीयता रहेको बताउँदै भने– यही आत्मीयताले निगमको विमानबाट यात्रा गदै आएका छौं तर निगमका कर्मचारीले व्यावस्थापनमा ध्यान नदिदा हामीले नै हैरानी भोग्नुपरेको छ ।

निगमको उडान नम्वर २३० न्यारो वडि ए३३२०–२०० दुवैबाट काठमाडौं आउने विमान निर्धारित समयभन्दा ४ घण्टा पछि उडाइएको छ । निगमले यात्रुलाई २ घण्टा विमानमै राखी पछि टेक्नीकल समस्या आएपछि ओरालेको थियो । उतारिएको ठाउँमा खाना, वासको व्यवस्था गरिएको थिएन । विमानमा १ सय ४० यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्