राष्ट्रिय कृषक समुह महासंघ नेपाल गठन प्रति आपत्ति



अछाम ।
अछाम जिल्ला ढकारी गाउँपालिका अन्तरगत राष्ट्रिय कृषक समुह महासंघ नेपालको स्थानिय तहमा गठित समुहप्रति नेपाल कम्युनिष्ट पार्टी (बिप्लप) ले आपत्ति जनाउदै प्रेस बिज्ञप्ती जारी गरेको छ ।

नेपालको संबिधानले प्रत्येक नेपालीलाई आफ्नो मौलिक हक अधिकार लगाएतका अन्य अधिकारहरुको सुनिश्चितता गरेको उल्लेख गर्दै ढकारी गाउँपालिकामा यहि मंसिर २२ गते सम्पन्न गाउँपालिका अन्तरगत राष्ट्रिय कृषक समुह महासंघ नेपालका ढकारी गाउँपालिकाका केही ब्याक्तिको निहित स्वार्थका कारण पाँच सात जनाको समुहलाई बोलाई आम जनसाधारणलाई खबर नगरी नियोजित ढङ्गले गठन गरिएको प्रति आपत्ति जनाउदै महासंघमा वास्तविक किसान नआएर राजनीतिज्ञ,शिक्षक, कर्मचारी आएको मा नेपाल कम्युनिष्ट पार्टी (बिप्लप) ो आपत्ति रहेको नेपाल कम्युनिष्ट पार्टीको किसान संगठन ढकारी गाउँपालिका अध्यक्ष गोबिन्द बुढथापा र उपाध्यक्ष उमेश बुढाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै बिज्ञप्तीमा मंसिर २२ गते राष्ट्रिय कृषक समुह महासंघ नेपाल गठन प्रक्रिया खारेज गरी ढकारी गाउँपालिका अन्तरगतका सर्वसाधारण किसानहरुको वृहत भेला गरी राष्ट्रिय कृषक समुह महासंघ गठन गर्न बिज्ञप्ती मार्फत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्