ईपीएलमा रवी इन्दरले बनाए पहिलो सतक



काठमाडौँ ।
एभेरेष्ट प्रिमियर लिगको दोस्रो संस्करणको तेस्रो खेलमा नै सतक प्रहार भएको छ । जसमा भैरहवाका लागि भारतीय खेलाडी रवी इन्दर सिंहले सतक बनाएका छन ।

१६ रनमा दुई विकेट झरेको अवस्थामा क्रिजमा आएका रवी इन्दरले रायन टेन डोइच्टेसँग ३२ रनको साझेदारी गरे भने आरिफ शेखसँग ८९ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए ।

उनले २८ बलमा ५० रन पुरा गरे भने ४७ बलमा सतक पुरा गरे । यो क्रममा उनले ६ चौका र नौ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्