भ्रष्टाचारविरुद्ध मोटरसाईकल र्‍याली



काठमाडा ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचारविरुद्ध नेपालले आइतबार उपत्यकामा ¥याली निकालेको छ ।
संस्थाका अध्यक्ष रामकुमार ठाकुरले बिहान ८ बजेबाट तिनकुनेबाट निकालिएको मोटरसाइकल ¥याली गौशाला, चावहिल, चक्रपथ, बालाजु, कलंकी, सातदोबाटो , कोटेश्वर हुँदै तिनकुनेमै आएर समापन भएको जनाउनुभयो ।

मोटरसाइकल ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भ्रष्टाचार घट्नुको साटो बढदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । ‘ समाजमा भ्रष्टाचार झन् बढदै गएको छ, जसले भ्रष्टाचार नियन्त्रणको लागि पहल गर्नुपर्ने हो उही भ्रष्ट छ’ अध्यक्ष ठाकुरले भन्नुभयो ‘ पहिलो कुरा मन्त्री नै भ्रष्टाचारी छन् र उनीहरुले अरुलाई पनि त्यही सिकाउँछन् ।’

अध्यक्ष ठाकुरले न्यायालय पनि भ्रष्ट भएको दाबी गर्नुभएको छ । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि देशव्यापी रुपमा अभियान चलाउने योजना रहेको समेत बताउनुभयो । ‘केही भ्रष्टाचार देखिन्छ सबैभन्दा ठूलो कुरा त नीतिगत भ्रष्टाचार हो यो झनै खतरनाक छ’ उहाँले भन्नुभयो ‘ सबैले आफ्नो ठाउँबाट पहल गरेर समाजमा अभियान नै चलाउने हो भने केही रोकथाम भएपनि गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्