बेबिलोनमा नारायणगोपाल साँझ



बेबिलोन नेसनल स्कुल शान्तिनगरका विद्यार्थीले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यलाई सम्झिँदै उनको २८औं स्मृति साँझ मनाएका छन्।

बेबिलोन स्कुलका निर्देशक, गायक तथा संगीत गुरु प्रकाश आचार्यको पहलमा बेबिलोनमा पहिलोपटक बेबिलोन स्व. नारायण गोपाल साँझ आयोजना गरिएको हो। कार्यक्रममा प्रकाश आचार्य, सागर गौतम, मोतीकला राई, जानुका सुवेदीका साथै विद्यार्थीहरू प्रज्ज्वल आचार्य, विक्रम कार्की र कृतिका तामाङले स्वरसम्राटका २ दर्जनभन्दा बढी कालजयी गीत गाएका थिए।

उनीहरूलाई हार्माेनियममा विद्यालयका संगीत शिक्षक सागर गौतम, तवलामा न्हुच्छेलाल महर्जन, बाँसुरीमा माधव त्रिपाठी र गितारमा पुजन त्रिपाठीले साथ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्