माघमा रणवीर



रणवीरका नाममा बनेको नेपाली फिल्म आगामी माघ १८ गते अल नेपाल रिलिज हुने भएको छ। यसै सन्दर्भमा फिल्मको टिजर सार्वजनिक गरिएको छ।

सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको टसल देखाइएको छ। अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन्। उनले शारीरिकरूपमा पनि आफँलाई परिवर्तन गरेको टिजरमा देखिन्छ। फिल्मको टिजरमा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन्। एक्सन जनराको फिल्मको टिजरमा यी दुईबीचकै टसल र बदलाको भावना चित्रण गरिएको छ।

महँगो बजेटमा तयार भएको भनिएको फिल्म गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन्। फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको रहेको छ भने सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।


फिल्ममा गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द, महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ। पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपँर्ण रहेको निर्देशक भण्डारीले बताए।

‘फिल्मका लागि मैले कति मेहनत गरेको छु भन्ने कुरा शब्दले व्यक्त गर्नुभन्दा पनि भिजुअलले नै व्यक्त गर्छ। यसमा मलाई अघिल्ला फिल्मको सुशील पाउनुहँुदैन’, नायक सिटौला भन्छन्– ‘एक्सनका लागि मैले आफँलाई तयार गरेको छु। एउटा बेरोजगार युवाको संघर्ष र उसको रिभेन्जनै फिल्मको विषयवस्तु हो।’ अर्का कलाकार प्रशान्त ताम्राकार ऐश्वर्यमा काम गर्दा आफंैलाई चिन्ने मौका पाएको तथा आफ्नो मँल्यांकन रणवीरबाट हुने बताउँछन्।

‘फिल्मले हाम्रै कथा बोकेको छ। प्रस्तुतीकरणले दर्शकको मन जित्छ। मलाई फेरि ऐश्वर्यभन्दा एक स्टेज अप क्यारेक्टरमा देखिनेछु।’ –अभिनेता ताम्राकारको भनाइ छ। निर्माता दीपेन्द्र रेग्मी फिल्म मेकिङमा कुनै कञ्जुस्याइँ नगरेको दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस्