लामाको बैंसालु माया



दोलखा, (नेस)। संखुवासभा स्थाई घर भए पनि भारतको दार्जिलिङमा शिक्षा आर्जन गरेका तेन्जिङ सिरप लामा (टीएस लामा) ले सौखका रूपमा संगीतको प्रारम्भिक शिक्षा पनि दार्जिलिङबाटै लिए।

रोजगारीको सिलसिलामा झन्डै दुई दशकअघि दोलखाको चरिकोट आएका टीएस लामाले संगीतलाई सौखबाट व्यवसायका रूपमा अगाडि बढाउने काम भने चरिकोटबाटै शुरु गरे। संगीतका पारखी रामचन्द्र थापा र कुलराज थापासँग संगत् भएपछि आरकेटी ग्रुपको जन्म भएको र यसैबाट तीनैजनाले संगीतलाई व्यावसायीकरूपमा शुरुआत गरेको लामा बताउँछन्।

आरकेटी ग्रुपका आर अर्थात रामचन्द्र थापा अस्ट्रेलिया बस्छन्, के अर्थात कुलराज थापा काठमाडौं बस्छन् र टी अर्थात तेन्जिङ सिरप लामा (टीएस लामा) चरिकोट बस्छन्। तर, संगीतको साधना र सिर्जनामा यी तीनजनालाई भौगोलिक दँरीले छेकेको छैन। ‘संगीतको शब्द, ताल र स्वरले हामीलाई भावनात्मकरूपमा यति धेरै निकट बनाएको छ कि कुनै संगीत सिर्जना गर्नु पर्दा हामी तीनलाई भौगोलिक विकटताले रोक्दै रोक्दैन।’ –लामाले भने।

लामाले भर्खरै बंैसालु माया गीति एल्बम बजारमा ल्याएका छन्। जसमा सात गीत रहेका छन्। लामाको स्वरमा सजिएको बंैसालु मायाभित्रको गीतमा संगीत भरेका छन् रामचन्द्र थापाले र गीत लेखेका छन् कुलराज थापाले।

गीति एल्बम बैंसालु मायाको म्युजिक भिडियोमा ईश्वरबल्लभ उप्रेती, सिर्जना र सुरजले अभिनय गरेका छन् भने निर्देशन किशोर अनुरागले गरेका छन्। हरि न्यौपानेको छायांकन रहेको भिडियोको सम्पादन अमृत चापागार्इं गरेका छन्। यसअघि यो ग्रुपले जिन्दगीको यात्रा नामको गीति एल्बम बजारमा ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्