इरान विरुद्ध ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु हतियार सम्पन्न बन्न नदिने बताएका छन् । यहुदी पर्व हनुक्काका अवसरमा ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा यहुदी पाहुनाहरुसँग आफु विश्वमा आतंकवादको अग्रणी प्रायोजकलाई छुट दिन नसक्ने बताएका थिए । उनले भने– त्यो त्यसतो सासन हो जसले अमेरिकाको नराम्रो चाहन्छ र इजरायललाई सधैँ धम्की दिइरहन्छ ।

जसले पृथ्वीका लागि घातक हतियार प्राप्त गर्न चाहन्छ । ‘ अमेरिका अब ‘भयावह इरान परमाणु सम्झौता‘बाट बाहिर आइसकेको ट्रम्पले बताए । इरानमाथि अत्यन्त कडा प्रतिबन्ध लगाएको पनि उनले थपे ।

प्रतिक्रिया दिनुहोस्