मृतकको गर्भासय प्रत्यारोपित महिलाले बच्चा जन्माइन



वासिङटन (एजेन्सी)
विश्वमा पहिलो पटक एक मृत अंगदाताबाट प्राप्त गर्भासयको प्रत्यारोप गरेकी ब्राजिलकी एक महिलाले छोरीलाई जन्म दिएकी छिन् । लान्सेट अखबारमा प्रकासित एक समाचारमा मृतक अंगदाताबाट प्राप्त गर्भाशयको प्रत्यारोपन सम्भव भएको र गर्भाशयको समस्याका कारण सन्तान जन्म दिन अक्षम महिलाका लागि यो नयाँ आशाका रुपमा रहेको उल्लेख गरिएको छ ।

ब्राजिलको साओ पाउलो विश्व विद्यालयका डानी एजेनबर्गले उक्त शोधको नेतृत्व गरेका थिए । उनले भने– मृत अंगदाताको अंगको प्रयोग यसमा ठुलो मद्दत हुन सक्छ र गर्भाशयको समस्याबाट पिडित महिलाका लागि नयाँ विकल्प दिन सकिने छ ।

जुन महिलामा गर्भाशयको प्रत्यारोपन गरिएको थियो उनी गर्भासय सम्बन्धी समस्याबाट पिडित थिइन् । ल्याटिन अमेरिकामा गर्भाशयाको पहिलो प्रत्यारोपन पनि हो । यसअघि अमेरिका, चेत गणतन्त्र र टर्कीमा मृत महिलको गर्भाशय प्रत्यारोपनको १० प्रयास भइसकेको छ तर जीवित बच्चा जन्मेको यो पहिलो घटना हो ।

सेप्टेम्बर २०१३ मा स्विडेनमा पहिलो पटक जीवित महिलाको गर्भाशय प्रत्यारोपित गरिएको थियो । अहिलेसम्म यस प्रकारको ३९ पटक शल्यक्रिया भइसकेका छन् । ती मध्यबाट अहिलेसम्म ११ पटक बच्चाको जन्म पनि भइसकेको छ ।

जीवित अंगदाताबाट पहिलो पटक गर्भासयको प्रत्यारोपन चिकित्सा विज्ञानमा कोशे ढुंगा भएको बताएका थिए । यसबाट बच्चाको जन्म दिन अक्षम कयौं महिालका लागि सन्तान जन्म दिन पाउने सम्भावना बढेको बताएका थिए । तर जीवित महिलाबाट गर्भासय पाउन अत्यन्तै कठिन भएको उनले बताए ।
यस परिस्थितिमा चिकित्सकहरु मृत महिलाको गर्भासय प्रयोग गर्ने विधिको खोजमा थिए । एजेनबर्गका अनुसार मरेपछि कयौंले अंग दान गर्न चाहन्छ । यो संख्या जीवित रहँदै अंगदान गर्नेको संख्या भन्दा निक्कै बढी छ । उक्त शल्यक्रिया सन् २०१६ मा भएको थियो ।


गर्भाशय प्रत्यारोपित गरिएकी ब्राजिलकी ती ३२ बर्षिया महिला गम्भिर रोगबाट पिडित थिइन् । गर्भासय दिने ४५ बर्षिया महिलाको मृत्यु भएको थियो । साढे १० घण्टा भित्र मृत महिलाको गर्भाशय निकाली त्यसलाई अर्को महिलामा प्रत्यारोपित गरिएको थियो ।

पाँच महिनासम्म पनि गर्भाशयलाई शरीरद्वारा स्विकार नगरेको कुनै संकत देखिएन र महिलाको मासिकधर्म नियमित भएको पाइयो । प्रत्यारोपणको ७ महिनापछि ती महिलाको गर्भमा निषेचित अन्डा हालिदिएको थियो । दश दिनपछि चिकित्सकहरुले उनी गर्भधारण भएको थाहा पाए । ३२ हप्ता सम्म गर्भावस्था सामान्य थियो । ३६ हप्ता ३ दिनमा ती महिलाले २ दशमलव ५ किलोको एक बच्चीलाई सिजरिन विधिबाट जन्म दिए ।

प्रतिक्रिया दिनुहोस्