रुसले पनि क्षेप्यास्त्र विकास गर्ने



मस्को (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका यदि प्रतिबन्धित क्षेप्यास्त्र विकसित गर्छ भने रुसले पनि त्यस्तै गर्ने चेतावनी दिएका छन् । अमेरिका एक महत्वपुर्ण हतियार सन्धिबाट बाहिर निस्किसकेको र उबाट प्रतिबन्धित क्षेप्यास्त्र विकसित गर्न सुरु हुन्छ भने रुसले पनि त्यस्तै गर्ने पुटिनले बताए ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले नेटाको एक बैठकमा रुसको धोखाधडीका कारण अमेरिकाले ६० दिनमा इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेज ट्रिटी (आईएनएफ)का अन्तर्गत आफनो दायित्व छोड्ने घोषणा गरेका थिए । पोम्पियोको बयान आएको एक दिनपछि बुधबार पुटिनको उक्त चेतावनी आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको सुरुवाटमा आईएनएफबाट अलग हुने आफनो निर्णयको घोषणा गरेका थिए ।

टेलिभिजनमा दिएको आफनो बयानमा पुटिनले भने– यस्तो लाग्छ, हाम्रा अमेरिकी सहयोगीहरुले के बुझेका छन् भने स्थिति यति धेरै परिवर्तन भइसक्यो कि अमेरिकासँग यस प्रकारको हतियार हुनु पर्छ । हाम्रो प्रतिक्रिया के हुन्छ, अत्यन्त सरल भाषामा भन्नु पर्दा त्यो मामिलामा हामी पनि त्यही गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस्