चीनले पाकिस्तानलाई लगानी मार्फत सहयोग गर्ने



इस्लामाबाद (एजेन्सी)
विगत केही बर्षमा पाकिस्तानले धेरै ऋण लिएको छ र यसको सबैभन्दा ठुलो हिस्सा उसले चीनसँग लिएको छ । चीनको कयौं महत्वपुर्ण परियोजना पाकिस्तानमा चलिरहेका छन् । यद्यपी अब चीनले पाकिस्तानलाई कुनै नगद नदिने फैसला लिएको छ । ठुलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई ऋण दिनु सट्टा उसले त्यहाँ कयौं क्षत्रमा लगानी गर्ने र ब्यवसाय सन्चालन गर्ने चीनले जनाएको छ ।

गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनको भ्रमण गरेका थिए । उक्त यात्राको उद्देस्य आफनो देशको असफल आर्थिक स्थिति दुर गर्नका लागि चीनबाट आर्थिक प्याकेज प्राप्त गर्नु थियो । बेइजिङबाट फर्केपछि उनका क्याबिनेट सदस्यले यो यात्रा सबैभन्दा सफल भएको दावी गरेका थिए ।

यसको कारण आर्थिक राहत प्याकेजका लागि अन्तराष्ट्रिय मुद्रा कोषमाथि पाकिस्तानको निर्भरता कम गर्न मद्दत मिलेको उनीहरुले बताएका थिए ।
यसको एक हप्तापछि वित्त मन्त्री असद उमरले पाकिस्तानको भुक्तानी संकटको सन्तुलन प्रभावकारी ढंगले सुधार आएको घोषण गरेका छन् ।

पत्रकारहरुसँग साक्षात्कारमा उमरले भने–१२ अर्ब डलरको आर्थिक आवस्यकतामा साउदी अरेबियाबाट ६ अर्ब डलर आएको र बाँकी चीनबाट प्राप्त भएको जानकारी दिए । यसका लागि पाकिस्तानको एक उच्च स्तरिय प्रतिनिधिमण्डल चीन जाने पनि उनले बताए ।


यद्यपी अब चीनले पाकिस्तानलाई नगद दिन अस्विकार गरेको छ । यसको जानकारी दिँदै लाहौरमा चिनियाँ काउन्सिलर जनरल लंग डिङबिनले स्थानिय टेलिभिजन जियो न्युजलाई भने– नगदको सट्टा चीन पाकिस्तानलाई कयौं तरिकाबाट आर्थिक राहत प्याकेज उपलब्ध गराउने योजना बनाइरहेको छ । यसमा नयाँ परियोजनामा लगानी, चीन–पाकिस्तान आर्थिक राजमार्गमा सहयोग जस्ता कयौं परियोजना समावेश छ ।

लंगले भने – चीन पाकिस्तानलाई कहिलेपनि बीचमा छोड्ने छैन र उसको कमजोर अर्थब्यवस्थालाई सम्हाल्नका लागि अधिकतम संसाधानको प्रयोग गर्नेछ ।

चीन यात्राका क्रममा इमरान खानले दुई देशले १५ नयाँ सम्झौतामा हस्ताक्षर गरेको उनले बताए । यसबाट राजनितिक तथा आर्थिक क्षेत्रमा सहयोग बृद्धी हुनेछ र सांस्कृतिक सम्बन्धमा पनि सधार आउने उनले थपे ।

पाकिस्तानको बढ्दो ऋणका विषयमा सोधिएको एक प्रश्नको जवाफमा लाङले सीपीइसीले देशको ऋणमा बृद्धी आएको तर्कलाई अस्विकार गर्दै उक्त राजमार्ग अन्तर्गत सुरु गरेका २२ परियोजनामा ४ प्रतिशत मात्र ऋणका रुपमा प्रदान गरिएको बताए । अन्य परियोजना लगानीमा आधारित रहेको र त्यसले पाकिस्तानको अर्थब्यवस्था बलियो हुने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्