हिमालय र नवज्योति उपाधिनजिक



काठमाडौं, (नेस)
आयोजक हिमालय र नवज्योतिप्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयले गौरीशंकरलाई ४२–१४ ले सहजै पराजित ग¥यो ।

हिमालयका जेन लामाले १२ अंक जोडे । नवज्योतिले स्किब्सलाई ३२–२३ ले हरायो । प्लस टु सिनियर ब्वाइजमा साइपाल एकेडेमीले सागर लामाको २० अंकको सहयोगमा मोर्गनलाई ५९–५३ ले पराजित ग¥यो । सीसीआरसीले बागमतीको यात्रा ७०–३१ ले पूर्णविराम लगायो । दुबैले फाइनल भिड्दैछ ।

सिनियर गल्र्समा स्किब्सले सिद्धार्थ बनस्थलीलाई ५०–३३ ले निराश पा¥यो । स्किब्सकी देबुना केसीले १८ अंक जोडिन् । न्यु भिजनले ग्रामरलाई २६–२३ ले पाखा लगायो । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्