आजदेखि शेयर कारोबार पूर्ण स्वचालित अनलाइन प्रणालीमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबारदेखि पँर्ण स्वचालित अनलाइन प्रणालीमा सञ्चालन हुने भएको छ । एक महिनाअघि नै अनलाइन प्रणाली शुरू भएको भए पनि प्राविधिक समस्या आएपछि पँर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।

पँर्ण स्वचालित अनलाइन प्रणालीमा जानका लागि धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीचको सम्झौता तयार भएको छ । सम्झौतामा ३९ वटा बुँदा शर्त राखिएको र धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोबार हुने बताइएको छ । गत कार्तिक २० गते देखि अनलाइन प्रणाली शुरु भएको भए पनि प्राविधिक समस्या आउँदा कारोबारसमेत प्रभावित भएको थियो ।

कारोबार प्रभावित भएपछि शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । तत्पश्चात नेप्सेले मंसिर २३ गते लगानीकर्तालाई युजर आईडी र पासवर्ड दिने प्रतिबद्धता जनाएको थियो ।

नेप्सेले तयार गरेको सम्झौता पत्रमा प्रचलित धितोपत्र ऐन, नियम, विनियम, कार्यविधि तथा राष्ट्र बैैक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीलगायत नियमक निकायले जारी गरेको निर्देशिका, परिपत्र र निर्देशनलाई सम्झौतामा उल्लेख भएसरह मानी पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

लगानीकर्ताले ३९ वटा शर्त मान्नुपर्ने

त्यस्तै सम्पँर्ण कारोबार को दायित्व बहन गर्ने तथा त्यसको राफसाफ गर्ने जिम्मेवारी दोस्रो पक्षको हुनेछ । साथै भुक्तानी प्रक्रिया चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नुपर्ने उल्लेख छ । कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैंक ग्यारेन्टी तथा कारोबारयोग्य धितोपत्र माध्यमबाट पनि गर्न सकिनेछ । यस्तो धरौटी दोस्रो पक्षले आफ्नो दायित्व समयमा भुक्तानी नगरेमा प्रथम पक्षले दोस्रो पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सकिने सम्झौतापत्रमा व्यवस्था छ ।

यसैगरी कारोबार सीमा प्रयोजनको लागि कारोबारयोग्य धितोपत्रको मँल्यांकन बजार मँल्यको बढीमा ७० प्रतिशतसम्म गर्न सकिनेछ ।सम्झौतापत्र अनुसार लगानीकर्ताले आफ्नो ब्रोकरसँग सम्झौता गरेपछि मात्रै पँर्ण स्वचालित अनलाइन प्रणालीमार्फत आफंै शेयर कारोबार गर्न सकिने उल्लेख गरेको छ ।

यसैबीच वाणिज्य बैंकहरुले ब्याजदर वृद्धि गर्ने प्रतिस्पर्धा गरेको साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीव्र उतारचढाव भएको छ ।
यस साता दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोबार भएको छ ।

पछिल्लो दुई वर्षमा लगानीकर्ताले करिब सात खर्ब रुपियाँ गुमाएका छन् । पछिल्लोपटक बजार घटेर १ हजारको बिन्दँ आउने आशंकासमेत बढेको छ ।
बजार लगातार खस्किएपछि त्यसले खर्बौ रुपियाँको पुँजीकरण परिमाणमा ह्रास भएको छ । जसको प्रत्यक्ष असरमा लाखौ. लगानीकर्ता परेका छन् ।
सरकारले पुँजी बजारमा ठँलो समस्या आउने देखेपछि बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजत्वका एक कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थमन्त्रालयका सहसचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानीकर्ताका प्रतिनिधि, नेपाल बैंकर्स संघका अध्यक्ष लगायत सहभागी छन् ।सो समितिलाई सात दिनभित्र प्रतिवेदन दिन भनिएको छ।

२०७३ सालको साउन महिनामा नेप्से परिसँचक १८८० हाराहारीको उच्चतम् बिन्दँमा पुगेको थियो । करिब अढाई वर्षपछि त्यो लगातार खस्किएर यो साता ११३० सम्म झरेको छ । हाल कुल बजार पुँजीकरण साढे १३ खर्ब रुपियाँ छ । जबकि त्यतिखेर सो परिमाण झण्डै २१ खर्ब रुपियाँसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्