ईपीएलः ललितपुर पेट्रियट्सविरुद्ध विराटनगर वारियर्सको जित



काठमाडौँ ।
करण केसीको विस्फोटक ब्याटिङका कारण साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । उसका भारतीय खेलाडी रवीकिशन कोल्सावाला मात्र चार रनमा आउट भए । उनलाई करण केसीले पेभेलियन फर्काए । त्यसपछि ललितपुरको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक गौरव तमोर मात्र चार रनमा आउट भए ।

त्यसपछि उसको ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेल पनि खाता खोल्न नपाउदै आउट भए । जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो । ललितपुरको कमजोर पारीलाई सम्हाल्न खोजेको सन्नी पटेलले पाँचौ विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ३४ रनको साझेदारी गरेका थिए । तर पटेल १९ रनमा पारसले पेभेलियनको बाटो देखाएपछि ७३ रनमा ललितपुरले पाँचौ विकेट गुमायो ।

त्यसपछि पनि ललितपुरका खेलाडी विच राम्रो साझादारी हुन सकने । ८८ रन बनाउदा उसले छैटौ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए । लगत्तै ९७ रनमा ललितपुरले सातौ विकेट गुमायो । योगेन्द्रसिंह कार्कीलाई पारस खड्काले शुन्य रनमा नै आउट गरे । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट मात्र एक रनले चुके ।

उनलाई करण केसीले आउट गर्नु अघि तीन चौका र दुई छक्काको मद्दतले ४९ रनमा आउट भए । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिए ।

एक सय ५ रनको लक्ष्य पक्ष्याएको विराटनगरले एक बल बाँकि हुदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसले स्कोरबोर्डमा १९ रन बनाउदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर अनिलकुमार शाह ११ रनमा आउट भए । त्यसपछि ३२ रन बनाउदा बिराटनगरले दोस्रो विकेट खेर फाल्यो । उसका कप्तान पारस खड्का मात्र दुई रनमा पेभेलियन फर्किए । जसका कारण विराटनगरले ३१ रनमा दुई विकेट गुमायो ।

लगत्तै स्मिथ पटेल पनि मात्र एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । दक्षिण अफ्रिकी खेलाडी रे भान खाता खोल्न नपाउदै रनआउट भए । एकपछि अर्को विकेट गुमाएको विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त बन्यो । ५० रन बनाउदा ६ विकेट खेर फालेको विराटनगरले ७३ रन जोड्दा ७ विकेट गुमायो ।

पुछारका खेलाडी करण केसीले विस्फोटक ब्याटिङ गरेपछि विराटनगरले जित निकाल्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोका करणले छक्का प्रहार गर्दै टिमलाई जितलाई सहज बनाए । उनले १९ बलमा एक बलमा एक चौका र ३ छक्का प्रहार गर्दै अविजीत ३६ रन बनाए ।
बलिङ तर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्