झिमरुकमा चट्टानै चट्टानको बगैचा बन्ने



सलिम अन्सारी, प्यूठान ।
झट्ट हेर्दा जो कोहीको मन लोभ्याउँछ । देख्ने जतिले ‘आहा कस्तो राम्रो ढुंगा, कुदेको जस्तै’ भन्छन् रक गार्डेनलाई । झिमरुक नदी किनारमा रहेको ढुंगालाई बर्षौदेखि नदीको वहावले खियाएर विभिन्न आकृती बनेका छन् । यसैले होला यहाँ पुग्ने जो कोहीलाइ कुदेको जस्तै लाग्ने । जहापनि नदी किनारमा ढुंगा हुन्छ । तर यहाँको जस्तो कलात्मक देखिदैन् । रक गार्डेन मानव निर्मित होइन्, परापुर्वकालमा पहिरो गएर ढुंगा थुप्रीएको हुन सक्ने स्थानिय बताउछन । आफ्नै पाराले बग्दै आएको झिमरुक नदि पनि रक गार्डेनलाई देख्दा लजाउँदै सुसेली हाल्दै बगेको छ । गौमुखी पदमार्गमा चट्टानै चट्टानको बगैँचा बनेको छ।

झिमरुक गाउँपालिकाले चट्टानको बगैँचा(रक गार्डेन) निर्माण गर्ने भएको छ । आन्तरिक र वाह्य पर्यटकलाई गाउँपालिकासम्म ल्याउने योजना अनुसार गाउपालिका आफैले रक गार्डेन बनाउन लागेको हो।

गाउँपालिकाभित्र प्रशस्त पर्यटकीय क्षेत्र रहेको र तिनको विकास तथा पवद्र्धनमा सहयोग पु¥याउन झिमरुक गाउँपालिका ५ ढाँडामा रक गार्डेन निर्माण गर्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । रक गार्डेन निर्माणका लागी बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्नेका लागी २० लाख रुपैया वजेट विनियोजन गरिएको छ भने डपिआरको काम समेत अघि बढाईदै छ ।
गाउँपालिकालाई पर्यटकीय क्षेत्रका विकास गर्ने योजनामा छौ’ उनले भने ।

चट्टानै चट्टानको गार्डेनमा पर्यटकीय स्थलका लागी आबश्यक पर्ने विभिन्न भौतिक पूर्बाधारको निर्माण गरिने छ । प्राकृतिक सौन्दर्यताप्रति स्वदेशी पर्यटकका साथै बिदेशी प्रर्यटकलाई समेत आकर्षित गर्ने गरि गार्डेन निर्माण गर्न लागेको झिमरुक गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष निमान सिह जिसीले बताए ।पर्यटकलाई घुमाउने र लोभाउने गरि चट्टानको बगैँचा बनाउन लागेका छौ ।उनलेभने। पर्यटकीय सम्भावना बोकेको स्थान भएपनि प्रचारप्रशारको अभाबमा ओझेल परेको छ । चट्टानमा प्राकृतिक रुपमा कु“दिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिइएको छ ।

हुन त चट्टान सबै खोलामा हुन्छन् तर याहाँको चट्टान अली भिन्न प्रकारका छन् । बिभिन्न आकार प्रकारमा रहेका चट्टानहरु साँच्चै नै आकर्षक छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्दधन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु मध्ये प्युठानको ‘स्वर्गद्वारी’ र झिमरुक गाउपालिकाको ओखरकोट ‘ढाँडको रक गार्डेन’ पनि समाबेश गरिएको छ ।यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्