ईपीएलः ललितपुरकाे विराटनगरलाई १०५ रनको लक्ष्य



काठमाडौँ ।
एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारिवर्सलाई १०५ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा ज्ञानेन्द्र मल्लको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन बनाए भने सन्नी पटेलले २० तथा पवन शार्रफले १४ रन बनाए ।

विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्