कति बजेपछि जेष्ठ नागरिक ?



जेष्ठ नागरिकलाई सम्मान गर्ने भनेर नेपाल सरकारले परिचयपत्र वितरण गरेको सबैलाई थाहा नै छ। ७० वर्ष पुगिसकेका वृद्धवृद्धाका लागि सरकारले ल्याएको यो सम्मान गर्ने काम ज्यादै सराहनीय छ। यो कार्य प्रशंसनीय पनि हो। तर यसको लागू भने त्यति भएको देखिँदैन। एक माइक्रोबसका ड्राइभर र कन्डक्टरले एक वृद्धप्रति (अ)सम्मान गरेको देख्दा धरहरा आश्चर्यमा परेको छ।

हिजो साँझ माइक्रोका सहचालकले बेलुकी ८ बजेपछि जेष्ठ नागरिकलाई छुट दिइनेछैन भन्दा धरहरालाई ज्यादै चित्त दुखेको छ। धरहराको ठम्याइ छ– के बेलुकी ८ बजेपछि जेष्ठ नागरिक युवा हुन्छ त ? माइक्रोमा यात्रारत एक महिला सहचालकको कुरा चित्त नबुझेर च्याठिँदै थिइन्– ‘८ बजेपछि ६९ वर्ष हुने होला नि?’

अर्को कुरा चित्त नबुझेको कुरा फुच्चे कन्डक्टरले वृद्ध व्यक्तिलाई गरेको दुव्र्यवहार पनि थियो। ड्राइभरले ८ बजेपछि अर्को टिप हुँदैन खाली आउनुपर्ने हुँदा छुट नदिएको जस्तो बकवास छेउ न पुच्छरको जवाफ दिएका थिए। यसले त जेष्ठ नागरिक बेलुकी ७ बजेर ५९ मिनेटसम्म मात्रै माइक्रोबसका लागि सम्मानीय हुने पो भयो। कस्तो संस्कृतिको विकास हुँदै भन्ने ठानेर यो अदृश्य प्राणी कार्यालयतर्फ सुइँकुच्चा ठोक्यो।

प्रतिक्रिया दिनुहोस्