बिद्यार्थीलाई पाकिस्तानी दुतावासको छात्रबृत्ति घोषणा



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदीगाउँपालिका वडा नं ७ स्थित पशुपति माबिका बिद्यार्थीलाई पाकिस्तानी दुतावासले हरेक बर्ष छात्रबृत्ति दिने घोषणा गरेको छ ।

बिद्यालयको स्वर्णजयन्ती समारोहमा पुगेका बेला राजदुत डा. मजहर जावेदले यस बर्ष देखि हरेक बर्ष बिद्यार्थीलाई दुतावासले छात्रबृत्ति दिने घोषणा गरेका हुन ।

दुतावासले बिद्यालयको कक्षा १ देखि १० सम्म प्रथम हुने १० जना बिद्यार्थीलाई बार्षिक रुपमा १० हजारका दरमा छात्रबृत्ति दिने भएको छ । कक्षा १ देखि १० सम्म उत्कृष्ट अंक ल्याउने १० जना छात्रालाई समेत बार्षिक १० हजारका दरमा नै छात्रबृत्ति दिने राजदुत मजहरले घोषणा गरे ।

यस बर्ष स्वर्ण जयन्ती भएका कारण यी बाहेक बिभिन्न बिद्यामा उत्कृष्ट तथा जेहेन्दार र असहय थप २० जनालाई एक बर्षका लागि १० हजारकै दरमा ‘छात्रबृत्ति दिने घोषणा राजदुत जावेदले बताए । बिद्यालयले छनौट गरेका बिद्यार्थीलाई दुतावासले छात्रबृत्ति उपलब्ध गराउने छ ।

यसैगरी बिद्यालयको कक्षा ११ र १२ मा हरेक बर्ष उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई ५० हजारका दरमा नगद छात्रबृत्ति र शुद्ध सुनको स्वर्णपदक समेत उपलब्ध गराउने घोषणा पनि गरे ।

बिद्यालयका पुर्व बिद्यार्थी तथा राष्टिय सभाका अध्यक्ष गणेश तिमिल्सीना संगै कार्यक्रममा आएका राजदुत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध जनस्तरमा समेत मज्बुद बन्दै गएको धारणा राखे । उनले नेपाली बिद्यार्थीको शैक्षिक अवस्था सुधार गर्नका लागि छात्रबृत्ति दिने कामलाई निरन्तरता दिदै जाने प्रतिबद्धता पनि जनाए ।

‘नेपाल र पाकिस्तानका बिद्यार्थीका बिचमा सम्वन्ध स्थापित हुदा उनीहरुका बिचमा साथित्वको भावना पनि बिकास भएर जान्छ ।’ उनले भने ‘यो सम्बन्ध लामो समय सम्म दिगो बनोस भन्ने चाहन्छु।’

कार्यक्रममा राजदुत डा. जावेदलाई बिद्यालय परिवार र स्थानियबासीले भब्य स्वागत गरेका थिए । राजदुत जावेदले पर्वतको कुस्मा नगरपालिकामा रहेका मुलुकै अग्ला झोलुङ्गे पुल र निर्माणाधिन बिश्वकै अग्लो पैदलयात्री पुल, बिश्वकै दोस्रो अग्लो बञ्जीजम्प र बिश्वकै अग्लो र नेपालकै एक मात्र स्विङ समेत अवलोकन र भ्रमण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्