चिसोमा न्यानो कपडा बितरण



धनवीर दाहाल, रुकुम ।
रुकुमको सानीभेरी गाउँपालिकाका ६५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका १, २ र ८ नम्वर वडाले आ–आनो वडाका जेष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोमा न्यानो कपडा वितरण गरेका हुन् ।

जाडोमा न्यानो कपडा पाउनेमध्य ३३ महिला छन् भने ३२ पुरुष छन् । १ नम्वर वडा ९ जना पुरुष र ८ जना महिलालाई न्यानो कपडा प्रदान गरेको छ । २ नम्वर वडा कार्यालयका १६ पुरुष तथा १७ महिलाले न्यानो कपडा पाएका छन् । यसैगरी ८ नम्वर वडाले ७ जना पुरुष र ८ जना महिलालाई न्यानो कपडा वितरण गरेको छ ।

जेष्ठ नागरिकको लक्षित बजेटबाट जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै न्यानो कपडा प्रदान गरिएको २ नम्वर वडा अध्यक्ष धर्मबहादुर पुनले बताए ।

जेष्ठ नागरिककै लागि भनेर विनियोजन गरिएको बजेटले सम्मान र जाडो कटाउने गरी न्यानो कपडा प्रदान गर्दा राम्रो हुने भएकाले न्यानो कपडा प्रदान गरिएको वडाअध्यक्ष पुनको भनाई छ ।

गाउँपालिकाका अन्य वडामा पनि जेष्ठ नागरिकका लागि बजेट विनियोजन गरेको छ । उक्त शीर्षकको बजेटबा बाँकी ८ वटा वडाले कुनै कार्यक्रम गरेको छैनन् ।

प्रतिक्रिया दिनुहोस्