मार्सी र सिमी बोकेर जुम्लाका व्यापारी रुकुममा



धनवीर दाहाल, रुकुम ।

मार्सी धानको चामल र सिमी बोकेर जुम्लाका व्यापारी रुकुम पुगेका छन् । जुम्लाकै स्थानीय व्यापारी मार्सी धानको चामल र स्थानीय सिमी बोकेर मुसीकोट नगरपालिका पुगेका हुन् ।

स्थानीयले मागेकै आधारमा चामल र सिमी विक्रीको लागि रुकुम सम्म पुगेको व्यापारीले बताएका छन् । पहिलो चरणमा ५० किलो चामल ६ क्वुइन्टल सिमी विक्री भैसकेको व्यापारी मोहनराज खड्काले बताए । हरेक बर्ष सिमी विक्रीका लागि यहाँ आउने उनी यो बर्ष चामल ल्याएर आएका थिए ।

सिमी सहित मार्सी धानको चामल पनि ल्याउनु भनेर अनुरोध गरिएपछि चामल पनि ल्याएर आएको उनले बताए । यो बर्षको पहिलो लडमा ल्याइएको चामल र सिमी विक्री सकिएपछि थप चामल र सिमी मगाएको उनले बताए ।

चामल प्रतिकिलो ३ सय रुपैयाँ र सिमी प्रति पाथी ८ सय रुपैयाँमा विक्री भैरहेको छ । हरेक बर्ष जुम्लाको २० देखि २५ क्ुवइन्टल सिमी रुकुममा विक्री हुँदै आएको छ ।

यो बर्ष चामलको पनि माग भएको छ । सिमी सजिलै विक्री हुने भएकाले वाँके, दाङ र सल्यान छाडेर उनीहरु हरेक बर्ष रुकुम पश्चिम पुग्ने गरेका छन् ।

जुम्लाका विभिन्न ठाउँबाट खरिद गरेर सिमीको भण्डारण नेपालगञ्ज हुन्छ । रुकुम पश्चिम सहित रोल्पा र प्यूठान सम्म पनि विक्री गर्न सकियोस् भनेर नेपालगञ्जमा भण्डारण गरेर राखिएको व्यापारीले बताएका छन् ।

नेपालगञ्जबाट रुकुम, रोल्पा र प्यूठान लगायतका जिल्लामा पु¥याउन सजिलो हुने भएकाले जुम्लामा संकलन गरिएको सिमी र चामल नेपालगञ्जमा राख्ने गरेको खड्काले बताए । जुम्लामा नगद भन्दा जिन्सी सामानले सिमी साटफेर गरेर संकलन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्