फ्रान्समा किसानहरु पनि आन्दोलनमा



पेरिस (एजेन्सी)
फ्रान्समा महँगी र धनीहरुका लागि करमा छुट दिने सरकारको निर्ण विरुद्ध किसान र ट्रेड युनियन पनि आन्दोलनको समर्थमा उत्रेका छन् । किसानहरुले राष्ट्रपति इम्यानुएल म्याक्रों विरुद्ध जारी प्रदर्शनमा सहभागी हुने फैसला लिएका छन् । यसअघि फ्रान्स सरकारका तर्फबाट मंगलबार दिएको सहुलियतको घोषणालाई आन्दोलनकारीहरुले अस्विकार गरेका छन् ।

फ्रान्समा चलिरहेको ‘यलो वेस्ट‘ आन्दोलन इन्धन तेलको मुल्य बृद्धीको विरोधमा शुरु भएको थियो । यद्यपी विरोधले हिँसात्मक रुप लिएपछि प्रधानमन्त्री एडवर्ड फिलिपले तेलमा कर बृद्धी गर्ने योजना ती हप्ताका लागि स्थगित गरेका थिए । तर प्रदर्शनकारीले धरै समयको माग गरेका छन् । सरकारी नितिलाई लिएर फ्रान्सका विद्यार्थीहरुमा पनि आक्रोस देखिएको छ । उनीहरुले नयाँ विश्वविद्यालय दरखास्ट प्रणालीको विरोधमा हाइस्कुलको बाहिर कयौं स्थानमा केही सार्वजनिक सम्पतीमाथि तोडफोड गर्दै आगजनी गरेका छन् ।

लघु उद्योग सन्चालकहरु पनि कर बृद्धीलाई लिएर सडक जाम गर्न पुगेका छन् । त्यसैगरी निबृतीभरण प्राप्त नागरिकहरु पनि राष्ट्रपति विरुद्ध प्रदर्शनमा उत्रेका छन् । ट्रक युनियनका तर्फबाट भने हडताल टुंगिएको छ । तर किसानहरुको सबैभन्दा ठुलो संगठनले अर्को हपताबाट पुन आन्दोलन सुरु गर्ने घोषणाले फ्रान्स सरकारका लागि नयाँ कठिनाइ खडा गर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्