मृत्युदण्डका लागि बिद्युतिय मेचको छनौट



वासिंगटन,(एजेन्सी)
अमेरिकाको टेन्नेस्सी राज्यमा एकजना कैदीलाई बिद्युतिय मेचमा राखेर मृतयुदण्ड दिइने भएके छ । विषाक्त भन्जेक्सन दिँदा शारिरिक र मानसिक पिडा बढि हुने बहश चलेपछि यो विकल्प अपनाइन लागेको हो । विगत ३६ वर्ष देखि मृत्युदण्डको पखाईमा बसेका ३६ वर्षिय कैदी अर्ल मिल्लर स्यमले यो उपाय रोजेका हुन् ।

विषाक्त इन्जेक्सनबाट दिइने मृत्युदण्ड असफल भएके थुप्रै घटना सार्वजनिक भएपछि कैदीहरु त्यसबाट टाढिन थालेका हुन् । टेन्नेस्सीका अर्का कैदी एडमन्ड जागोस्र्कीलाई गत महिना मात्र बिद्युतिय मेचमा बाँधेर मृत्युदण्ड दिइएको थियो । तर यस राज्यको मृत्युदण्ड दिने प्रमुख तरिका भने विषक्त इन्जेक्सनको प्रयोग नै हो ।


तर सन् १९९९ अघि अपराधमा दोषि ठहरिएका कैदीहरुलाई भने बिद्युतिय मेचको विकल्प रोज्ने अनुमति प्राप्त छ । सन् १९६० यता यस राज्यमा बिद्युतिय मेचमा राखेर मृत्युदण्ड दिइनेमा जागोस्की दोश्रो व्यक्ति हुन् ।

अदलातमा मिल्लर र जागोस्कीले गत अगष्टमा विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिने क्रममा विल्ली रे इरिक नामक कैदीको शरिर पुरै प्याजी रंगमा परिणत भएके र प्राणत्याग् न २० मिनेट लागेको बताएका थिए । विहिवार नै मृतयुदण्ड दिइएका मिल्लर माथि सन् १९८१ मा २३ वर्षिया मानसिक रोगी महिलाको हत्या गरेकोमा दोषि ठहरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्