पक्राउ परेका भाडाका आमाहरु रिहा



नोमपेन्ह,(एजेन्सी)
क्याम्वोडियामा चिनियाँ ग्राहकहरुका लागि भाडाका आमा बनेका ३२ जना महिला विरुद्ध मानव ओसार प्रसारको अभियोगमा प्रहरीले गिरफतार गरेको छ । तर रतिनीहरुले आफुले जन्माएका शिशुहरुलाई आफैंले पाल्ने सम्झौता गरेपछि तिनीहरुलाई रिहा गरिएको सरकारी अधिकारीहरुले विहिवार बताएका छन् ।

ति महिलाहरुलाई पैसाका लागि राष्ट्रमा भाडाकी आमाहरुलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत गत जुन महिनामा पक्राउ गरिएको थियो । छिमेकी राष्ट्र थाइल्यान्डमा यसरी भाडाकी आमा बनेर गर्भधारण गर्ने कार्यलाई कडाइ गरिएको एक वर्षपछि सन् २०१६ मा क्याम्वोडियामा यसलाई पुर्णत प्रतिवन्ध गरिएको थियो ।

चीनमा एक शिशु नीति फुकुवा गरिएको केहि वर्षयता देखि यसरी भाँडाकी आमाको माग बढ्दै गइरहेको छ । पछिल्लो समयमा एकजना चिनियाँ लगायत अन्य पाँच जना महिलालाई क्याम्वोडियामा यहि अभियोगमा पक्राउ गरिएको छ । मानव ओसार प्रसार विरुद्धको राष्ट्रिय समिती ( एनसिसिटि ) संग आवद्ध एकजना प्रहरी अधिकृतले मानवियताको आधारमा ति मिहलाहरुलाई रिहा गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्