युट्युव बज्यै मस्तानाम्माको निधन



नयाँदिल्ली,(एजेन्सी)
युट्युवमा निकै चर्चा कमाउन सफल विश्वकै सबैभन्दा बृद्ध व्यक्ति मध्ये एक दक्षिण भारतकी मस्तानाम्माको १ सय ७ वर्षको उमेरमा निधन भएको छ । उनले विभिन्न स्थानिय र अनौठा अन्य परिकार पकाएको भिडियो इन्टरनेटमा राखेर लोकप्रियता कमाएकी थिइन् ।

‘ कन्ट्रि फुड्स ’ नामक उनको युट्युव च्यानलको दस लाख भन्दा बढि सवस्क्राइवर रहेका छन् । उनको अदभुत मेवा र चिकेन लगायत सयौं खाना पकाउने तरिका सहितको भिडिायो रहेका छन् ।

मस्तानाम्माका नाति र उनका साथीले सन् २०१६ मा चलाएको यो च्यानल तुरुन्तै हिट भएको थियो । आन्ध्र प्रदेश राज्यमा जन्मेकी मस्तानाम्माले सन् २०१७ मा विविसि मोनिटरिंगलाई अन्तर्वार्ता दिने क्रममा आफु १ सय ६ वर्ष पुगेको बताएकी थिइन् । यद्यपि उनीसंग जन्मदर्ता प्रमाण पत्र भने छैन । भिडियोमा उनी प्रायशः विकट गाउँको खुल्ला खेतमा सामान्य भाँडाकुँडामा खाना पकाउँदै गरेको देखिन्छिन् ।

उनले नंगले नै आलुको बोक्रा छोडाउने र भारतिय पुरनो शैलीको छुराबाट त्यसलाई काट्ने गर्दथिन् । साथै उनले पकाएका परिकार परम्परागत दक्षिण भारतिय केराको पातमा पस्केने गर्दथिन् ।

स्टोभ नभई दाउरा बालेरै खाना पकाउने उनलाई सबैभन्दा माछा पकाउन मनपर्छ किनभने उनले सजिलै नजिकको खोलाबाट माछा पाउन सक्थिन् । उनका खाद्य परिकारका प्रशंसक रहेका सामाजिक संजालका असंख्य व्यक्तिले उनको निधन प्रति गहिरो दुख व्यक्त गरेका छन् ।

सन् २०१६ मा विविसि मराठीका पत्रकार ओँकार कारामवालेकरले उनको खाना पकाउने शैली युट्युवमा अन्य व्यक्तिहरुको भन्दा निकै फरक रहेको प्रतिक्रिया दिएका थिए । उनले विशेष गरी भारतका परम्परागत खानाहरु विशेष प्रकारका मसला प्रयोग गरी पकाउने गरेकी थिइन् ।

सोमवार कन्ट्रि फुडसले उनको अन्तिम भिडियो अपलोड गर्दै उनको निधन भएको घोषणा गरेको थियो । दाँत नभएको मुस्कान सहित प्रस्तुत हुने उनी सामाजिक संजालमा बज्यैको नामले चिरपरिचित थिइन् । उनका सबैभन्दा मिष्ठान्न परिकारमा प्रशंसकहरु माझ मेवा र चिकेन , एगप्लान्ट तरकारी र कत्ला माछा निकै चर्चित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्