को बुद्धिजीवी ?



हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थस्थल पशुपतिनाथलाई समेत ओझेल पार्ने बलियो क्षमता भएका एकनाथको पहलमा केही दिनअघि काठमाडौंमा अन्तर्राष्ट्रिय जमघट भएको देख्दा धरहरा मात्रै होइन, जमघटबारे चासो राख्ने जोकोही निकै अचम्ममा परेका छन् । प्रधानमन्त्रीले पाएको तक्मा र अन्तर्राष्ट्रिय जमघटको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक आलोचनासमेत भयो ।

अहिले सुनिँदै छ कथित बुद्धिजीवीहरुका कारण सम्मेलनको आलोचना भएको रे । खै कताबाट आएको दानापानी खाएपछि बुद्धिजीवीको बुद्धि बिग्रिँदा सरकार आलोचित बन्नुपरेको पीएम ओली र उनका सच्चा अनुयायी बताउन थाल्या छन् । कम्रेड ओलीले नै खुलेआम त्यस्तो भनेसी शब्दकोषले बुद्धिजीवीको परिभाषा नयाँ ढंगले समेट्ने भयो । शब्दकोषको नयाँ संस्करण तयार गर्न जुटेका प्रकाशकलाई चेतना भया अन्यथा पीएमको ‘रेड लिस्ट’ मा परिएला ।

रेड लिस्टमा सबै दैनिक पत्रपत्रिका पर्ने निधो भयो । केही दिनअघि पत्रपत्रिकालाई ज्याकेट हो कि इस्टकोट विज्ञापन बाँडेर सरकारले समृद्धि भित्र्याएको प्रस्ट हुँदाहुँदै लगत्तै सरकारको कार्यशैलीको उछित्तो काट्ने समाचार लेखेसी परिन्न त रेड लिस्टमा ? अनि धरहराले बुझ्न नसकेको कुरो कम्रेड ओलीले पाएको अन्तर्राष्ट्रिय तक्मा नेकपाकै नेता रावल र अन्य केही नेताले खुलेआम आलोचना ग¥या खबरचाहिँ बालुवाटार पुग्यो कि पुगेन होला ? रावलले त पीएचडी सक्न लागे क्यार, उनलाई बुद्धिजीवीको कुन परिभाषामा समेट्दा राम्रो होला, लौन जवाफ पाऊँ ।

प्रतिक्रिया दिनुहोस्