आर्मीलाई फ्रेन्डस्ले रोक्यो



नेपाल समाचारपत्र, काठमाडौं
जारी ए डिभिजन लिगअन्तर्गत छैटो चरणको खेलमा फ्रेन्डस् क्लबले उपाधिको दावेदारीमध्ये एक टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।

बिहीबार एन्फा मैदानमा भएको खेलमा आर्मीले बराबरी खेलेपछि २ अंक फेरि ड्रप गरेको छ । यसअघि पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले आर्मीसँग २–२ बराबरी खेलेको थियो। यो नतिजापछि आर्मी ६ खेलमा १४ अंकसहित चौथो स्थानमा रहेको छ । शीर्ष तीनमा क्रमशः मनाङ मस्र्याङदी (१८ अंक), थ्रीस्टार (१५ अंक) र संकटा (१५ अंक) छन् । फ्रेन्डस्ले पनि दोस्रो बराबरी खेल खेल्दै छैटो चरणसम्म ५ अंक जोडेको छ । खेलमा आर्मीका आधा दर्जन डरलाग्दो आक्रमण फ्रेन्डस्का गोलकिपर देब लिम्बुले विफल तुल्याएका थिए ।

यस्तै अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबले पनि गोलरहित बराबरी खेलेको छ । यो ब्रिगेडको दोस्रो बराबरी खेल थियो भने मछिन्द्रले तेस्रो बराबरी खेलमा चित्त बुझायो । मछिन्द्रले जारी लिगमा जित हात पार्न सकेको छैन । जारी लिगमा जित हासिल नभएका दुई टोलीमा मछिन्द्र र एनआरटी रहेका छन् । यो नतिजापछि मछिन्द्रको ३ अंक र ब्रिगेडको ४ अंक छ ।

अंकतालिका
टोली खेल जित बराबरी हार अंक
मनाङ मस्र्याङदी ६ ६ ० ० १८
थ्रीस्टार ६ ५ ० १ १५
संकटा ६ ५ ० १ १५
आर्मी ६ ४ ० २ १४
पुलिस ६ ३ १ २ १०
हिमालयन शेर्पा ६ ३ १ २ १०
च्यासल ६ २ १ ३ ७
सरस्वती ६ २ १ ३ ७
एपीएफ ६ २ १ ३ ७
फ्रेन्डस् ६ १ २ ३ ५
जावलाखेल ६ १ १ ४ ४
ब्रीगेड ब्वाइज ६ १ १ ४ ४
मछिन्द्र ६ ० ३ ३ ३
एनआरटी ० १ ५ १

प्रतिक्रिया दिनुहोस्