हाफ म्याराथनमा ठकुरी पहिलो



पर्वत, (नेस)
पर्यटकीय गन्तब्यमा सुचीकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न बिहीबार आयोजित राष्ट्रियस्तरको हाफ म्याराथन प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबका धावक गणेशसिंह ठकुरी पहिलो भएका छन । पर्वतको मोदी गाउँपालिकाको पशुपति उच्चमाबिले आयोजना गरेको प्रतियोगितामा २१ किलोमिटरको दुरी १ घण्टा १० मिनेट २ सेकेण्डमा पुरा गर्दै ठकुरीले पहिलो स्थान हासिल गरे ।

उनले नगद ७५ हजार पुरस्कार जितेका छन । प्रतियोगितामा एपिएफकै धावक किरणसिंह बोगटीले १ घण्टा १० मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदैै ५० हजार नगद प्राप्त गरे । त्यस्तै सोलुखुम्बुका धाक सुमन कुलुङ्गले निर्धारित दुरी १ घण्टा ११ मिनेट ३ सकेण्डमा पुरा गर्दै तेस्रो भएर नगद २५ हजार हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्