सास फेरिरहेका ‘लास’ !



सुशील देवकोटा
हैट, महँगी त बढेर छोइनसक्नु भएको छ । बाटोमा धूलो उडेर हिँड्नै नसकिने भएको छ भन्या । खै के हो के हो ? हिउँदमा धूलोले बाहिर निस्की नसक्नु हुन्छ अनि वर्षातमा हिलोले र पानी जमेको बाटोले हैरानै बनाउँछ । नेपालमा त बाँच्नै नसकिने नै भैसक्यो त !

यस्ता कुराहरु अब त हाम्रो जिन्दगीको एक हिस्साजस्तो नै बनिसकेको छ । यस्तो गुनासो नगर्ने मानिस नेपालमा र त्यसमा पनि काठमाडौंमा त पाउन मुस्किल नै होला । घर–घरमा, टोलका चिया पसलहरुमा र राति रौनकमा रहने भट्टीहरुमा समेत यस्तै कुराकानीले प्रमुखता पाएको सुनिन्छ अचेल । सामाजिक सञ्जालमा त यस्ता कुराहरु झन् प्रमुखताका साथ उठाइएको र विरोध गरिएको समेत देख्न पाइन्छ । तर हामीले गर्ने त्यस्तो कोठे गफ र सामाजिक सञ्जालमा गरिने विरोधले राज्य चलाउनेहरुलाई कुुनै असर गरेको छ त ? के उनीहरुलाई थाहा छैन कि नेपालीहरु कस्तो कष्टकर जीवन बाँचिरहेका छन् ?

होइन, उनीहरुलाई सबै थाहा छ । यो कुुराको प्रमाणको लागि यति भन्नुु नै पर्याप्त होला कि यी तिनै व्यक्ति र समूूह हुुन्, जसले हिजो बेग्लै शासन व्यवस्था हुुँदा यस्तै कुुराको निकै चर्को विरोध गर्थे । पछि शासन व्यवस्था परिवर्तन भैसकेपछि पनि अर्को पार्टी सरकारमा हुुँदासमेत धारेहात लगाउँदै यति जाबो काम पनि गर्न नसक्ने भन्नेहरु यिनीहरु नै हुुन् । सबै कुुराहरु थाहा पाई बुुझेर पनि किन देशका नेताहरु केवल सत्ताको लागि मात्रै लुुछाचुुँडी गरिरहेका छन् त ? किन आफ्नो स्वार्थ पूरा गर्न मात्र लागिपरेका छन् त ? यसको सहज उत्तर हो– यिनीहरुलाई कसैको डर नै छैन । हो, यिनीहरुलाई कसैको डर नै छैन । त्यही भएर यिनीहरु गैरजिम्मेवार बन्दै छन् र छाडा छोडिएको साँढेजस्तो भएका छन् ।

भनिन्छ, प्रजातान्त्रिक देशमा जनता नै जनार्दन हुुन्छन्, किनभने जनताले सरकार बनाउँछन् । जनताभन्दा शक्तिशाली कोही हुुँदैन । त्यसैले देशको नेतृत्ववर्ग जनतासँग डराउँछ र जनताप्रति उत्तरदायी पनि हुुन्छ । भन्नलाई त हाम्रो देशमा पनि प्रजातन्त्र, लोकतन्त्र अनि खै कुुन–कुुन तन्त्र छ भन्छन् तर खै हाम्रो देशको नेतृत्ववर्ग न जनतासँग डराएको देखिन्छ, न जनताप्रति उत्तरदायी भएको नै देखिन्छ । यसको कारण के हो त ? जवाफ कठिन छैन । यसको कारण हो– हामी जनताले समेत आफ्नो जिम्मेवारीबोध गर्न सकेका छैनौं, हामीले आफूूलाई लाचार सोच्न थालेका छौं, हामी डर छेरुवा भएका छौं र हामी ज्यूूँदो लासजस्तो भएका छौं । सास फेरिरहेको लासजस्तो भएका छौं हामी ।

भएका उद्योगधन्दाहरु बन्द भए । युवाहरु विदेश पलायनको संख्या बढ्न थाल्यो । शिक्षा र स्वास्थ्य नाफामूलक व्यापार भए । महँगीले आकाशको उचाइ छोइसकेको छ । देशमा जताजतै राजनीतीकरण गरिएको छ । कुुनै पार्टीको हनुमान बनिएन भने देशभित्र बाँच्नै नसकिनेजस्तो अवस्था बनिसकेको छ । सरकारी कार्यालय भ्रष्टाचारले सहनै नसकिने गरी गन्हाएको छ ।

एकपटक सम्झिऊँ त, कस्ता–कस्ता सपना हामीलाई देखाएर यो परिवर्तन ल्याइएको थियो ? वंशजको आधारमा एउटा मात्र परिवारले शासन चलाउनाले नेपाल सधैँ पछाडि परेको र नेपालले जुुन गतिमा विकास र प्रगति गर्नुुपर्ने हो त्यो गर्न नसकेको हो भन्ने कुुरामा जनतालाई आश्वस्त पारेर मात्रै यिनले विद्रोहको विगुुल फुुक्न पाएका हुुन् । मर्ने बेलामा सर्वसाधारणका छोराछोरी मरे, त्यो विद्रोहमा र पुुरस्कारको रुपमा यिनले देशको सत्ता पाए ।

यसमा पनि हामीले कुुनै गुुनासो गरेनौं, कुुनै विरोध वा विद्रोह गरेनौं । आफ्नो निजी स्वार्थ पूरा गर्दै आफ्ना मालिकलाई खुुशी पार्न यिनले चोरबाटोबाट ल्याएर हामीमाथि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लादे, त्यही पनि हामीले चुुइँक्क बोलेनौं । त्यसपछि देशका नेताहरुको आँट बढ्दै गयो । नेपाली जनतालाई गणेशमानजीले दिनुुभएको नाम सत्य हो, जनतालाई जति अन्याय परे पनि वा गरे पनि कोही केही बोल्दैनन् भन्ने विश्वास उनीहरुको मनमा प्रबलरुपमा भयो । बोल्ने दुुई–चार आवाजलाई मज्जाले कुुल्चिन सकिन्छ भन्ने पनि उनीहरुलाई यकिन भैसकेको छ अब त !

हो, जिन्दगी सहज होस् भन्ने चाहना जो–कोहीलाई हुुन्छ । यस्तो सोच्नु तबसम्म पाप पनि होइन, जबसम्म आफ्नो जिन्दगी सहज बनाउन अरुको जिन्दगीलाई दाउमा लगाइन्न वा कुुनै अनैतिक काम गरिन्न । ४६ सालको आन्दोलन र ६२÷६३ को आन्दोलनमा हामी जनताले यही भावनाले साथ दिएका थियौं । हामीले सोचेका थियौं कि यो परिवर्तनले हाम्रो जीवनमा पनि सकारात्मक परिवर्तन गर्नेछ । देशमा बाटोघाटो बन्नेछ, देशभित्रै रोजगारीको अवसर सृजना गरिनेछ, स्वास्थ्य र शिक्षामा गरिब जनताको समेत सहज पहुुँच हुनेछ, महँगी नियन्त्रण हुनेछ, कृत्रिम अभाव हुनेछैन र देशमा सुशासन देख्न पाइनेछ तर भयो त्यसको ठ्याक्कै उल्टो ।

भएका उद्योगधन्दाहरु बन्द भए । युवाहरु विदेश पलायनको संख्या बढ्न थाल्यो । शिक्षा र स्वास्थ्य नाफामूलक व्यापार भए । महँगीले आकाशको उचाइ छोइसकेको छ । देशमा जताजतै राजनीतीकरण गरिएको छ । कुुनै पार्टीको हनुमान बनिएन भने देशभित्र बाँच्नै नसकिनेजस्तो अवस्था बनिसकेको छ । सरकारी कार्यालय भ्रष्टाचारले सहनै नसकिने गरी गन्हाएको छ । २१औं शताब्दीमा समेत लाजै पचाएर ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर सरकारी कर्मचारीलाई खुवाउन थालेको किरियाले कुनै असर गरेकोे छैन । पहिला उनीहरु किरिया खान्छन् तर त्यो किरियाले नपुग्ने थाहा पाएर सेवाग्राहीसँग मज्जाले घूस खान्छन् ।

देशमा सबैभन्दा शक्तिशाली हुनुपर्ने हामी जनताचाहिँ चुपचाप यो तमासा हेरेर बसेका छौं । हामीले थाहा पाइसकेका छौं कि यो सबै गलत हुँदै छ । हामीले बुझिसकेका छौं कि यो व्यवस्था र नेतृत्वमा बसेका यी मानिसहरुबाट हाम्रो हित हुने कुनै काम हुँदैन । त्यही पनि हामी बोल्दैनौं, किन ?

अरु कति बिग्रेपछि बोल्ने ? कति भत्केपछि मुख खोल्ने ? देशलाई एकसूत्रमा बाँध्ने राजसंस्थालाई उखेलेर फ्याँकियो । नेपाली भाषामाथि निरन्तर प्रहार भैरहेको छ । संसारमै एउटा नमुनाको रुपमा रहेको हाम्रो राष्ट्रिय पोशाकको अस्तित्व नाश गरियो । देशलाई संघीयताको नाममा बाँडेर भूगोलको आधारमा नेपालीलाई विभाजन गर्न थालियो । जनप्रतिनिधि पाल्ने नाममा हाम्रो टाउकोमा थाम्नै नसकिने करको भारी बोकाउने काम भयो, जुन कि समयसँगै अझै बढ्नेछ भन्नेमा शंका नै नगर्दा हुन्छ । मन्दिरै मन्दिरको देश र विश्वकै एकमात्र हिन्दू राष्ट्रको रुपमा गौरव पाउन सफल नेपालमा संसारले गर्न नदिएको क्रिश्चियनहरुको सम्मेलन सरकारी सहभागितामा सम्पन्न गरियो । देशका जनतालाई सरकारीरुपमा क्रिश्चियन बन्न आह्वान र प्रेरित गर्ने प्रयास गरियो ।

देश झन्–झन् ओरालो लाग्दै छ । देशको संविधान नै देश समृद्धिको बाधकको रुपमा रहेको छ । समृद्धि कतै देखिन्छ भने त्यो हो नेताहरुको जीवनस्तरमा । नेताहरु झन् स्वेच्छाचारी बन्दै छन् । सवारीको नाममा जनतालाई घाममा सेकाउने र पानीमा रुझाउने काम गरेर चित्त नबुझेर अन्य सरकारी संगठनका सम्पत्तिमा गिद्धेनजर लगाउन थालिएको छ । पदमा बस्दा मात्रै जनतालाई चुसेर नपुगी पदबाट हटिसकेकालाई समेत राजाजसरी पाल्न विवश बनाइएको छ हामी जनतालाई ।

यति सबै देखिसक्दा पनि र यस्तो अन्याय भोग्नुपर्दा पनि हामीले खुलेर केही बोल्दैनौं, खुलेर विरोध र विद्रोह गर्दैनौं भने हामीले कोठाभित्र आफन्तका बीचमा गर्ने कुरा वा विरोधले कुनै अर्थ राख्दैन । टोलका चिया पसलमा ठूलो स्वरमा चिच्याउनुले कुनै अर्थ राख्दैन ।

इतिहासको हामी यस्तो कालखण्डमा छौं, जहाँ देश बचाउने कि देश गुमेको हेरेर बस्ने भन्ने निर्णय गर्न ढिलो गर्नै नहुने अवस्था छ । यस्तो परिस्थितिमा पनि हामी हिम्मत गरेर अगाडि आउँदैनौं र आफ्नो मातृभूमि नेपाललाई बचाउन कुनै विद्रोह गर्दैनौं भने कतै लुकेर वा कसैको पिठ्यूँपछाडि कसैको विरोध गर्ने पनि हामीलाई कुनै अधिकार छैन । आफ्नै आँखाले देशको यो हालत देख्दा पनि हामी विरोधमा केही बोल्दैनौं भने हामीले आफूलाई ज्यूँदो भन्ने अधिकार छैन । यो स्वीकार गरे हुन्छ कि हामी लास हौं, सास फेरिरहेका लास !

 

प्रतिक्रिया दिनुहोस्