हुम्लामा चिसो बढेसंगै अधिकांश विद्यालयको चउरमा पढाई



अर्जुन बोहरा, हुम्ला ।
हिउँदको महिना लागे संगै हुम्लाका अधिकाँस विद्यालयहरुमा चौउरमा पढाई भईरहेको छ । यतिखेर हुम्लाका एक दर्जन भन्दा बढि विद्यालयहरुमा चिसो बढे पछि कर्णाली नदि छेउछाउका र खोजमा भएका बिद्यालयहरु घाम लाग्ने खाली चौरमा पढाई गर्न थालेका छन । चिसो कै कारणले कक्षा कोठामा पढाउन गाह्रो भएकोले पढाउन चिसोको कारण नसकिने भएपछि यसरी खाली जग्गामा पढाई गर्न थालिएको हो ।

बिद्यालय संगै जोडिएको खाली जग्गामा पठन पाठन हुन थालेको बिद्यालयमा अध्ययनरत कक्षा ८ का छात्र बालकृष्ण फडेराले बताउनु भयो । कर्णाली नदिको छेउमै रहेको बिद्यालयमा सात वटा भवन भए पनि घाम नलाग्ने भएको कारण सबै कक्षाका बिधार्थीहरुले खाली जग्गामा पठन पाठन गर्नु परेको उहाँले बताउनु भयो । बिधाा १० बजे मात्र घाम लाग्ने भएको कारण चिसो हुने भएको कारण बिद्यालय ब्यबस्थापन समितिको निर्णय गरेर खाली जग्गामा धुलो संगै पढि रहेको उहाँले बताउनु भयो । यसरी धुलोमा पढ्ने बिधार्थी तथा शिक्षकहरुलाई रुघाँ खोकीले सताउने गरेको उहाँले बताउनु भयो ।

चिसो पढे पछि कार्तिक महिनाबाट कक्षा कोठामा पठन पाठन गर्न छोडिएको सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को लालि गुराँस माबि लिप्नेका प्रधानाध्यापक काली महताराले बताउनुभयो । कक्षा ६ देखि १० सम्म पठन पाठन हुने बिद्यालयमा १० बजे देखि तीन बजेसम्म पढन पाठन भै रहेको भए पनि खल्ला ठाँउ भएको कारण एक अर्काको पढाईमा बाधा पर्ने गरेको भए पनि आफुसं बिकल्प नभएको उहाँले बताउनु भयो ।

बालबालिका र शिक्षकहरुलाई चिसोको कारण जग्गामा ढुङ्गा राखेर पढ्नु असहज भएको अबिभाबक कुल बहादुर महताराले बताउनु भयो । यो बिधार्थी र शिक्षकको बाध्यता भएको र खाली जग्गामा पढ्नाले पढाईमा समेत असर पारेको उहाँले बताउनु भयो । कक्षा नौ मा अध्ययन गर्ने छोरालाई रुघाँ लागेर उपचारै गर्न खर्च गर्नु परेको उहाँले बताउनु भयो ।

सबै कक्षामा एक सय ३५ जना बिधार्थी रहेको बिद्यालयमा एक जना राहत शिक्षकका भरमा माबि चलि रहेको छ । बिद्यालयसंग भवन धेरै भए पनि कुनै भवनमा घाम नलाग्ने भएको चिसोको माटोसंग खेलेर पनि पढाउनु पर रहेकोले सबै बिधार्थी र शिक्षकलाई दैनिक जसो रुघाले सताउने गरेको उहाँले बताउनु भयो । दिउसो साढे एक बजे पछि घाम नलाग्ने भएको कारण बिधार्थी र शिक्षकहरुले पाले हालेर दाउरा समेत ल्याएर बाल्दै पठन पाठन गरि रहनु परेको प्रधानाध्यापक महताराले बताउनु भयो ।

केही दिन पछि संचालन हुन गै रहेको बार्षिक परिक्षा पनि खाली जग्गा मै संचालन गर्ने बिद्यालयले योजना बनाएको छ । बिद्यालयको सिरानमा अग्लो डाँडा भएको कारण बिद्यालयमा दुई पटक घाम लाग्ने गरेको छ । बिचमा बिश्राम गर्नु पर्ने अबस्था भएको कारण दाउरा बालेर भए पनि पढाई गर्नु परेको शिक्षकहरुको भनाई रहेको छ । हुम्ला जिल्लाका कर्णाली नदि छेउछाउका आधा दर्जन बिद्यालयहरुको अबस्था लालिगुराउँस माबि कै जस्तो रहेको छ । यो क्रम यस बर्ष मात्र नभएर बर्षौ देखि यसरी चलि रहेको शिक्षकहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्