रामकृष्णले गाए नारायणगोपालको अन्तिम संगीत सिर्जना



रश्मी थापा

स्वर सम्राट् नारायणगोपालको २८औं स्मृति दिवसको अवसर पारेर उनको सबैभन्दा ठूलो फ्यान तथा अनुयायी लोकप्रिय गायक रामकृष्ण ढकालले नारायणगोपालको संगीतको अन्तिम गीत रेकर्ड गराएका छन्।

नारायणगोपालकै पथ पछ्याउ“दै नेपाली गीत संगीत क्षेत्रमा चम्किएका गायक ढकालले बुधबार भ्वाइस आर्ट एकेडेमी रेर्कर्डिङ स्टुडियोमा मेरो भूगोल त्यही नै हो बोलको गीत रेकर्ड गराएका हुन्। नेपाल कला संस्कृति विकास केन्द्रको अध्यक्ष नवराज लामाको पहलमा करिब २ वर्षअघि यो गीतको अवधारण तयार भएको थियो। उक्त गीतमा शब्द विष्णुबाबु देवकोटाको रहेको छ। नारायणगोपाल स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष नारायणगोपाल चोकमा व्यक्तिगत पहलमा सांगीतिक कार्यक्रम गर्दै आइरहेका नवराजले नारायणगोपालले हार्मोनियममा ट्युन गरिएको रेकर्ड फेला पारेपछि गीत तयार पार्ने गरी गीतकार तथा अभिनेता विष्णुबाबु देवकोटाको शब्द लिएका थिए भने एरेन्जको जिम्मा प्रदीप श्रेष्ठलाई दिएका थिए।

‘धेरै वर्ष अघिदेखि नै मसँग यसको ट्युन थियो। मसँग उहाँको रेकर्ड नगरिएका नेवारी गीतहरुको ट्युन पनि छन्’, नवराजले भने– ‘रामकृष्ण ढकाललाई स्वर सम्राट्को प्रतिनिधित्व गर्ने गायक भनेर चिनिने भएकाले उहा“लाई यो गीत गाइदिने प्रस्ताव राख्यौं।’

स्वर सम्राट्को
२८औं स्मृति दिवस

गीतकार देवकोटाले आफूले लेखेको शब्द नारायणगोपालको संगीतमा राख्नका लागि प्रस्ताव आएपछि अन्तरा परिवर्नत गरेर तयार पारेको बताए। प्रदीपमार्फत नारायणगोपालको गीतमा गाउने प्रस्ताव पाएका गायक रामकृष्ण ढकालले आफूले दुई वर्षअघि यस गीतको ट्युनिङ सुनेको र यसलाई अझ राम्रो गर्न सकिन्छ कि भनेर फेरि एरेन्ज गराएको बताए। यसभन्दा अघि नारायणगोपालकै संगीतमा माया गर्नेको चोखो माया पनि देखियो बोलको गीत गाएका रामकृष्ण नारायणगोपालको ट्युनिङमा गीत गाउन पाउनु नै आफ्ना लागि अमूल्य भएको मान्छन्। ‘उहाँको लुकेको ट्युनिङ बाहिर आउनु नै राम्रो कुरा हो। त्यसमाथि म नारायणगोपालको ठूलो प्रशंसक हुँ। अहिले पनि म स्टेजमा उहा“को गीत गाउँदा एकदमै गौरवान्वित हुन्छु।

नेपाली गीतसंगीतको राम्रो स्रोताका लागि यो गीत एक राम्रो उपहार हो।’ –रामकृष्णले भने। सानैदेखि पछि के बन्ने भन्दा नारायणगोपाल बन्छु भन्ने जवाफ दिने गरेका रामकृष्णले एकपटक म्युजिक नेपालमा नारायणगोपालको गीति यात्रा रेर्कर्डिङको क्रममा भेटेर म त लाली गुुराँस भएछु भन्ने गीत सुनाएका रहेछन्। ‘त्यो पहिलो भेटमा मैले टेबल बजाएर जस्ताको तस्तै गीत गाउँदा उहाँले मलाई त्यो तम्मल त निकै राम्रो छ नि भनेर धाप मार्नुभयो। त्यसलाई मैले उहा“को आशीर्वाद मानें’, रामकृष्णले सम्झिए– ‘त्यसपछि दिनेश सुब्बाको शब्द र संगीतमा मेरो पहिलो रेकर्डेड गीत हाम्रो सुन्दर संसार थियो पनि सुन्नुभएको थियो। दिनेश दाइलाई नारायणगोपाल दाइले आफ्नो घरमा डिनर खान बोलाएका बेला उक्त गीत सुनाउनुभएको रहेछ। गीत सुनेपछि ढकालले राम्रो गाउँदो रहेछ भन्नुभयो रे।’

रामकृष्णले थपे– ‘आजको दिन उहा“को संगीतमा गीत गाउ“दा संगीतमा पवित्रता कमाएको महसुस भएको छ। उहा“कै गीतहरू गाउ“थे, ठूलो भएपछि नारायणगोपाल बन्छु भन्थें, तर पछि थाहा भयो नारायणगोपाल बन्न कति गाह्रो हुन्छ भन्ने कुरा।’ २०४९ सालमा नारायणगोपालको निधनपश्चात् शव यात्रामा सहभागी हुँदाको पल सम्झ“दै रामकृष्णले भने– ‘उहाँको निधन भएपछि मैले दुई छाक छोडें। मजस्तो छाक छोडेर शोक व्यक्त गर्ने धेरै थिए। उहाँको निधन मेरा लागि एकदमै सकिङ न्युज थियो। एक हप्ता अघिदेखि नै रेडियो तथा टेलिभिजनले उहाँ बिरामी भएर वीर अस्पतालमा रहनुभएको छ भन्ने कुरा दिई नै रहेका थिए। उहाँका लागि किड्नी दिन्छु भनेर अस्पतालमा जाने मानिसहरु पनि निकै थिए। उहा“को निधनपछि जनसागर नै उत्रिएको थियो। उहाँको शवयात्रामा म पनि पशुपतिसम्मै पुगेको थिएँ’, रामकृष्णले सुनाए– ‘उहाँ स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो। राम्रो कलाकारको कुनै पनि काममा कम्प्रोमाइज नगर्ने बानी हुन्छ। उहाँको पनि त्यो बानी थियो। उहाँ बिरामी भएका बेला टेलिभिजनमा एउटा न्युज हेरेको थिए“। उहाँले आफूले गाएको मेरो गीतमा जुन मुर्छना छ, को भन्न सक्छ म फेरि रेर्कर्डिङ गर्न चाहन्थें भन्नुभएको थियो। हामीले त्यो गीत सुन्दा कतै खोट लाउने ठाउँ छैन। तर एउटा गायकलाई त्यो फिल हुँदोरहेछ। अहिले मलाई पनि आफ्ना गीत चित्तै नबुझेर फेरि रेर्कड गराएको छु। भर्खरै रेकर्ड गराएको गीत पनि घर पुग्दा नपुग्दै यसलाई अझै राम्रो गर्न सकिन्थ्यो भन्ने लाग्छ।’

नारायणगोपलका लागि ट्युन गरिएका कतिपय गीत रामकृष्णले गाएका छन्। ‘संयोगवस उहाँका लागि तयार गरिएका कतिपय गीतहरु उहाँको देहवासनपछि मैले गाउन पाएँ। जस्तै जीन्दगीले यसरी धोका दियो कि, उतातिर घाम डुब्यो यता डुब्यो आशाजस्ता गीत मैले गाएको छु। उहाँको निधनपछि उहाँको स्टाइलमा गाउने त्यस्तो शब्द संगीतमा गाउने यही केटो हो भन्ने भयो। मेरा लागि सबैभन्दा ठूलो पुरस्कार नै त्यही हो’, रामकृष्णले सम्झिए– ‘उहाँ गीति यात्राको रेकर्डिङमा म्युजिक नेपाल आउँदा अरेन्ज कलरको सीजी होन्डा मोटरसाइकलमा आउनुहुन्थ्यो। त्यो बेलामा बाइक हुनुभनेको आफैमा एक किसिमको शान थियो। उहाँ त्यो बाइक टिलिक्क टल्काएर राख्नुहुन्थ्यो। कपडाले छोप्नुहुन्थ्यो र चुरोट पनि ट्रिपल फाइभ खानुहुन्थ्यो। पर्सनालिटी भएको मानिस हुनुहुन्थ्यो। मानिसहरू बोल्नै डराउँथे। उहाँले गीतमा कहिल्यै पनि कप्रोमाइज गर्नुभएन। त्यति लामो पिरियडमा त्यति धेरै गीतहरु पनि त छैनन्। जति छन्, ती सबै राम्रा छन्। हामीले पनि उहाँबाट सिक्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्