भारत विरुद्ध अफगान तालिबानको प्रयोग गरिरहेको छ पाकिस्तान: अमेरिका



वासिङटन (एजेन्सी)
अमेरिकाका एक वरिष्ठ कमान्डरले पाकिस्तान आफनो भुभाग आतंकवादी समुहलाई सुरक्षित आश्रयस्थल बन्न नदिने दिशामा ठोस कदम उठाउन विफल भएकोमा रोष प्रकट गरेका छन् ।

सांसदहरुलाई जानकारी दिने क्रममा पाकिस्तान लगातार अफगान तालिबानको प्रयोग भारत विरुद्ध गरिरहेको बताए । मरिनकोरका लेफ्टिनेन्ट जनरल केनेथ म्याकेन्जीको यो बयान अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पद्वारा अफगानिस्तान शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग मद्दत मागेको केही दिनपछि आएको हो ।

ट्रम्प प्रशासनले अमेरिकाको अफगानिस्तानमा चलिरहेको सबैभन्दा लामो युद्ध रोक्न वार्ताको माध्यमबाट कुनै समाधान निकाल्ने प्रयास तिब्र पार्ने क्रममा उक्त प्रस्ताव अगाडी सारेको हो । यस युद्धमा अमेरिकाको २ हजार ४ सय भन्दा धेरै सैनिकले ज्यान गुमाइसकेका छन् ।

तालिबान अमेरिकाको नेतृत्वमा रहेको अन्तराष्ट्रिय फौजलाई देशबाट भगाउने र पुन आफनो शासन स्थापित गर्न संघर्ष गरिरहेका छन् । अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर पदमा नियुक्तीका लािग सुनवाईका क्रममा सिनेटको शसस्त्र सेवा समिति समक्ष दिएको बयानमा म्याकेन्जीले भने– अफगानिस्तानमा दिर्घकालिन स्थायित्वका लागि पाकिस्तान अनिवार्य तत्व हो ।
तालिबान र अफगानिस्तानको सरकारबीच वार्ता गराउनमा पाकिस्तानले महत्वपुर्ण भुमिका निभाउन सक्ने उनले बताए । आफुले प्रगतिको स्वागत गरेको तर अहिलेको स्थितिमा तालिबानलाई वार्ताको टेबुलमा ल्याउनमा पाकिस्तानले आफनो प्रभाव पुरा प्रयोग गरिरहेको छ भन्ने आफुलाई नलागेको उनले बताए ।

स्थायी तथा सामन्जस्यपुर्ण अफगानिस्तानको हिस्सा बन्नु सट्टा तालिबानको प्रयोग भारत विरुद्ध गरिरहेको म्याकेन्जीले सुनुवाइमा बताए ।
यसअघि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका एक प्रवक्ताले राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री खानलाई एक पत्र पठाएको जानकारी दिएका थिए । त्यसमा अमेरिकी नेतृत्वमा अफगान शान्ति प्रक्रिया तथा विशेष प्रतिनिधि जलमय खलिलजाद क्षेत्रमा हुन लागेको यात्रामा पाकिस्तानको पुर्ण सहयोग मागेको उनले जानकारी दिएका थिए ।

अफगानिस्तानका लागि अमेरिकाका विशेष प्रतिनिधि जलमय खलिलजादले पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीसँग मंगलबार इस्लामाबादमा भेटवार्ता गरेका थिए । यो बैठक भावी योजना बनाउनका लािग भएको म्याकेन्जीले बताए । कुनै पनि सम्झौता कुनै प्रकारको सहयोग अथवा पाकिस्तान बिना पुरा हुन कठिन हुने बताए ।

अफगानिस्तानमा कुनै किसिमको नतिजाका लागि उसको सहयोग आवश्यक भएको पाकिस्तानलाई थाहा भएको उनले थपे । उनले अफगानिस्तानबाट अमेरिकी सैन्य बल फिर्ता बोलाउने समयसीमाका विषयमा बोल्न भने अस्विकार गरे ।

काश्मिर मुद्दाको हल युद्ध होइन: इमरान खान
भारत र पाकिस्तानबीच लामो समयदेखि विवादमा रहेको काश्मिर मुद्दाको हल युद्ध नभएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताए ।

सन्चार माध्यमलाई दिएको एक अन्तरवार्तामा इमरान खानले काश्मिर मुद्दा युद्धबाट नभई वार्ताबाट समाधान गर्नु पर्ने बताएका छन् । उक्त भुमिलाई लिएर ती दुई देश बीच कयौंपटक युद्ध भइसको छ ।

जब सम्म कुनै वार्ता शुरु हुँदैन तब सम्म काश्मिर मुद्दा समाधानका विभिन्न विकल्पको चर्चा गर्न नसक्ने उनले बताए । उक्त मुद्दा समाधानका फर्मुलाका विषयमा सोधिएको प्रश्नको जवाफमा त्यसको दुई वा ती समाधानका उपाय भएको र त्यसमा चर्चा भइसकेको उनले थपे । तर उक्त विषयमा थप जानकारी दिन भने उनले अस्विकार गरे । उनले भने – यस विषयमा अहिले कुरा गर्नु हटार हुने छ ।

भारतसँग कुनै प्रकारको युद्धको सम्भावनालाई अस्विकार गर्दै पाक प्रधानमन्त्रीले परमाणु हतियार सम्पन्न दुई देश युद्ध गर्न नसक्ने र त्यसको परिणाम सँधै खतरनाक हुने बताए । भारतसँग शान्तिपुर्ण सम्बन्ध बनाउनका लागि पाकिस्तान अत्यधिक गम्भिर रहेको बताउँदै पाकिस्तानका सेना र उनको सरकारले पनि त्यही चाहेको उनले थपे ।

प्रतिक्रिया दिनुहोस्