शक्तिशाली भुकम्प



नौमिया (एजेन्सी)
प्रशान्त महासागर स्थित टापु न्यु क्यालेडोनिया नजिकै बुधबार दुई पटक शक्तिशाली भुकम्प आएको महसुस गरिएको छ । पहिलो भुकम्प उक्त द्विपको नजिकै ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्पको धक्का महसुस गरिएपछि सुनामीको चेतावनी जारी गरिएको थियो ।

पछिल्लो भुकम्प ६ दशमलव ६ रिक्टर स्केलको भएको अमेरिकी भुगर्भ सर्वेक्षणले जनाएको छ । उक्त भुकम्पको केन्द्र बिन्दु न्यु क्यालेडोनियाको टेडिनबाट १ सय ८२ किलोमिटर पुर्व दक्षिणमा १० किलोमिटरको गहिराइमा रहेको जनाइको छ । न्यु क्यालोडोनिया न्युजिल्यान्डबाट उत्तर स्थित फ्रान्सेली भुभाग हो ।

प्रतिक्रिया दिनुहोस्