लगानीकर्ता को ?



ब्यापार यो शब्द सदियौ पुरानो शब्द हो । ब्यापारले कति मानिसलाई अर्वपति बनाएको छ भने कतिपयलाई रोडपति पनि बनाएको छ । ब्यापार जान्ने गनुपर्छ भन्ने बुढापाको उखानपनि छ । हो जसले जानेको छ उसले गर्ने ब्यापार हो । आदिम कालदेखिको यो ब्यापारको बारेमा नसुन्ने मान्छे कमै होला । अहिले राजधानीमा पनि गजवको ब्यापार चलेको छ ।

कतिपयले ब्यापार राम्रो नभएको भन्दै दुख ब्यक्त गरीरहेको बेला । काठमाडौ देखि दार्चुला सम्मको अहिले अनौठो ब्यापार चलेको छ । कस्तो ब्यापार भनेर जिल्ल पर्नुहोला पाठक बृन्द ? अहिले कन्चनपुरकी बलात्कारपछि हत्यागरिएकी निर्मला पन्तको ब्यापार फस्टाउदो अवस्थामा छ ।

मुलुकमा भाडभैलो मच्चाउन नपाएकाहरु अहिले निर्मलाको ब्यापार गर्न ब्यस्त देखिन्छन । सामाजिक अगुवाहरु भनिएकाको आन्दोलनले ब्यापार नचलेपछि अहिले युवा बिद्यार्थीलाई आन्दोलनमा उतारेर ब्यापार चम्काउने तिर लागेका छन । आफुलाई सामाजिक अभियान्ता भन्नेहरुले थालेको ब्यापार अहिले राजधानीका बिभिन्न पोलमा देख्न पाईन्छ । त्यो ब्यापार अभियान्ताहरुलाई मात्र होईन प्लेस प्रिन्ट गर्ने ब्यापारीलाई समेत फाइदा पुगेको छ ।

तर धरहरा भने एउटा कुरामा अलि चिन्तित छ । उनीहरुलाई ब्यापार गर्न सघाउने लगानीकर्ताको खोजीमा भने धरहरा लागेको लगै छ तर अहिले सम्म लगानीकर्ताको भने टुंगो नलागेको देखेर हैरान छ भन्या यदी त्यो लगानीकर्ता को रहेछ पत्ता लगाउने जिम्मा भने पाठक बृन्दको है ???

प्रतिक्रिया दिनुहोस्