लेखा समितिलाई मन्त्रीको जवाफ सत्य ‘तथ्य सावर्जनीक गछौं’



काठमाडौं
संघीय संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरीद प्रक्रियामा अनियमितता भएको भन्दै त्यसको छानबीनमा सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कालाई अनियमिता छानविमान गम्भिर नभएको आरोप लागेको छ ।

समितिको बुधबार बसेको बैठकमा सदस्यहरुले अनियमितता छानबीनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रालय गम्भीर नभएको आरोप लगाएका हुन् ।सो बैठकमा मन्त्री रवीन्द अधिकारीसहित मन्त्रालय र नेपाल वायुसेवा निगमका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो । समितिका सभापति भरत शाहले मन्त्री अधिकारीलाई १२ प्रश्न गर्नुभयो ।

सभापति शाहले विमान खरिदमा प्रकरणमा मन्त्रालले गरेको छानबीन समितिको नीष्कर्ष के हो ? विमान खरिदमा कानून सम्मत नभएको भनि महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरेको छ यसमा मन्त्रालयले कस्तो कारवाही गरेको छ? विचौलियाबाट किन खरिद गरेको ? समितिले खरिद प्रक्रिया देखी संञ्चालन, व्यवस्थापन, र हालै जारी गरेको श्वेतका सम्वन्धमा मन्त्रालयको धारणा के छ भन्दै प्रश्न गर्नु भयो ।

समितिको जवाफ दिदैं मन्त्री अधिकारीले मन्त्रालयले महालेखास“ग छलफल गरिरहेको जानकारी दिनुभयो।छलफलपछि मन्त्रालयको धारणा बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यता समितिका सदस्य संसद राजन केशीले मन्त्रीले काम गरिरहेको छ, गर्दै छ, भनेर मन्त्री अधिकारीले औपचारिकता मात्र पुरा गर्नु भएको आरोप लगाउनुभयो ।उहा“ले ३ कम्पनीस“ग खरिद प्रक्रिया के हो, दैनिक १ करोड ५० लाख रुपिया“ घाटा भएको भनिन्छ, खास कुरो के हो भनि प्रश्न गर्नुभयो ।

सदस्य पे्रम आलेले विमान खरिद विचौलियाबाट हुनु निन्दनीय रहेको बताउनुभयो ।‘वाहिरी हिड्डा सबैले प्रश्न गर्छन् । त्यसैले आज संसदको ब्याच समेत नलगाई आएको छु,’ आलेले भन्नुभयो ‘यो खरिद प्रकरण लाउडा काण्ड भन्दा कम छैन् । खरिद प्रकरणको सत्य तथ्य यथार्थ बाहिर आउनुप¥यो, कमी कमजोरी भएको छ भने कारवाहीको हुनुपर्दछ ।’

अर्का सदस्य लेखराज भट्टले खरिद प्रकरणमा नै सहभागी रहेको व्यक्तिहरु खरिद प्रकरणको छानवीन समितिमा रहेर गरिएको छानवीको प्रभावकारीतामाथि प्रश्न गर्नुभयो ।

सदस्य धर्मशिला चापागा“ईले विमान खरिद सावर्जनिक खरिद अनुगमन विपरीत भएको भन्दै प्रभावकारी छानबीनको लागि आग्रह गर्नुभयो । उहा“ले खरिद र भुक्तानीमा नै अनियमिता रहेको छ’,यता वोलपत्र आह्वान गर्दा र भुक्तानीमा समस्या रहेकोले विस्तृत छानबीन गर्नुपर्ने बताउनुभयो ।

निगम खरिद र विक्रीको चक्करमा लागि रहेको विरोध खतिवडाले बताउनुभयो । सरकारको गतिविधिनै शंकास्पद भएको भन्दै तिल लाई पहाड र पहाडलाई तिल वनाउने प्रवृति हावी रहेको बतायउनुभयो ।

निगमले नया“ विमान खरिद गर्दा र विक्री गर्दा ‘(जयराम जी की) ’ आर्थिक अपचलन गर्न पाई भएकोले निगम मन्त्रालय उतै लागेको आरोप समेत खतिवडाको थियो ।

स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले समेत मन्त्री अधिकारीलाई वाइडबडी विमान खरिद प्रक्रियाप्रति मन्त्रालय गम्भीर भएर नभएको बताउनुभयो ।
उहा“ले मन्त्रालयले अनियमितताको अनुसन्धान अगाडि नबढाएको, बैठकमा उठेका प्रश्नको उत्तर जिम्मेवार रुपमा नआएको प्रति असन्तोष व्यक्त गर्नुभयो । ‘म प्रष्ट भन्न छु सरकार गम्भीर भएर नेपाल वायुसेवाको व्यवस्थापनको साथै, भएको अनियमितामा छानवीन गर्नुपर्छ’ भन्दै त्रिपाठीले सरकारको ध्यानकर्षण गराउनुभयो ।

सदस्य डा. मिनेन्द्र रिजालले ‘रणनीतिक साझेदारी भित्रा्याउने भन्नुहुन्छ व्यापार रणनीति छैन।’ निगम कसरी अगाडि बढ्छ भन्दै प्रश्न गर्नु भयो । मन्त्री अधिकारीलाई जिम्मेवार रुपमा प्रस्तुत हुन पनि उहा“ले आग्रह गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो –वाइडबडी खरीदमा के गलत र के सही भएको थियो, सबै सत्यतथ्य बाहिर ल्याउन नै छौं, हामी अध्ययनको क्रममा नै रहेको छौं, हामी सार्वजनिक गर्ने छौं।’

मन्त्री अधिकारीले सदस्य सबैलाई आस्वस्त रहन समेत आग्रह गर्नु भयो । ‘मन्त्रालयले अध्ययन गर्न नचाहेको हैन, अध्ययन भइरहेको छ, ।मन्त्रालयलाई सहयोग गर्दै लेखा समितिले वाइडबडी विमान खरीदबारे उच्चस्तरीय छानविन समिति गठन गरेर अध्ययन गर्दा हुन्छ।’

अव छिट्टै नै जापान र चीनमा उडान भर्ने छ । हाल सात घण्टाको मात्र उडान गरिरहेको वाइडवडीले १४ घण्टा सम्म उडान भर्नुपर्ने हुन्छ । आईकाओले हटाइसकेको अवस्थामा पनि इयूले कालो सूचीबाट नहटाउनु दुःखद पक्ष भएको भन्दै मन्त्री अधिकारीले आगँमी मार्च अप्रिल भित्र इयूको कालो सूचीबाट हट्ने मन्त्री अधिकारीको थियो ।

मन्त्रीले सरकारले वाइडबडीको विषयमा छिट्टै अध्ययन सकेर समितिमा आएर जवाफ दिने प्रतिवद्धता व्यतm गर्नु भयो। उहाँले भ्रष्ट्राचार गर्ने जोकोहीलाई कानुनी कठघरमा उभ्याउने छ ।

मन्त्रालयलबाट प्रष्ट जवाफ नआएको भन्दै सभापति शाहले ३८ ओटा प्रश्नको फेहरीस्ताको मस्यौदा तयार पारिएको र सदस्यहरुमा छलफल गरि मन्त्रालय पठाउने बताउनु भयो । उहाँले पहिलो चरणमा १८४५ र १८५४ सिरिजको विमान उपलब्ध गराउने भनेको भएपनि पछि निगमले १८७२ र १८७८ विमान भित्र्याएको देखिन्छ यहीँ विभिन्न प्रश्नहरुको रहेका छन् छफलल गरि जवाफका लाई पठाउछौं ।

यता मन्त्री अधिकारीले निगमलाई आगामि ६ महिना भित्र लगानी सहीतको रणनीतीक साझेदारीमा लाने गृहकार्य मन्त्रालयले गरेका बताउनु भएको छ। उहाँले निगमलाई प्रभावबारी बनाउन र प्रतिस्पर्धा गर्न सक्षम बनाउनका लागि सरकारले रणनीतिक साझेदारीको कम्पनी मोडलमा लाने तयारी रहेको बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्