इलाममा पर्यटन महोत्सव हुने



काठमाडौं(नेस)
इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । पुस ५ गते देखि १६ गतेसम्म हुन लागिरहेको ‘मेची क्षेत्र पर्यटन महोत्सव’को नेपाल र भारतका विभिन्न सहरहरुमा प्रचारलाई तीब्र बनाइएको आयोजकले जनाएको छ ।
इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवबारे नेपाल, भारतलगायतका स्थानहरुमा ब्यापक प्रचार प्रचार भइरहेकोले ५० हजार पर्यटक इलाम पुग्ने आयोजकको दावी रहेको छ ।

इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिकी कोषाध्यक्ष दिब्या भट्टराईले महोत्सवको तयारी र प्रचार नेपाल तथा भारतका विभिन्न सहरहरुमा पनि भइरहेकोले अपेक्षा गरे अनुरुपको पर्यटक इलाम घुम्न र महोत्सव अवलोकन गर्न आउने बताउनुभयो ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले समृद्धीको आधार भनेकै पर्यटन रहेकाले महोत्सव साविक मेची अञ्चलका पाँचथर, ताप्लेजुङ, झापामा पनि क्रमिक रुपमा आयोजना गरिने जानकारी दिनुभयो । उहाँले काठमाडौं नजिकका पोखरा, चितवन जस्तै मेची क्षेत्रभित्र पनि आकर्षक पर्यटन गन्तब्यहरु रहेकाले प्याकेजकै रुपमा पर्यटकहरुलाई घुम्न आउन निम्ता समेत गर्नु भएकोे छ ।

महोत्सवको प्रचार तथा प्रवद्र्धन भारतको सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानहरुमा भइरहेकाले अपेक्षा गरे अनुरुपकै पर्यटक भित्त्रिने उहाँले बताउनुभयो । महोत्सवको अन्तिम दिन अर्को वर्ष यस्तै महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्