हस्तकला मेलाको तयारीले गति लिँदै



नेपाल समाचारपत्र, ललितपुर
ललितपुर महानगरपालिका–१६ ले बृहत हस्तकला र सांस्कृतिक मेला आयोजना गर्न तयारी अघि बढाएको छ

विश्वकला परिषद्ले ललितपुरलाई हालै हस्तकला नगर घोषणा गरिएको सन्र्दभमा त्यसलाई टेवा दिन आउँदो माघमा सो मेला गर्न लागिएको हो।मेलाका लागि सरोकारवालाहरु निकायसंग छलफल गरेर कार्ययोजना बनाउने कार्य भईरहेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो ।हस्तकलाको घोषणा अनुरुप बृहत योजना तयार पार्न पनि मेलाले सघाउने छ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो।

मेलालाई सफल बनाउन ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, थ्री स्टार क्लब लगायत स्थानीय सहकारी संस्था, महिला समँह, सामाजिक सघसस्था, जातीय समाज लगायत विभिन्न सरोकारवालाहरुसंग छलफल भइरहेको वडाले जनाएको छ । कार्ययोजना तयार भएलगतै मेलाको मिति घोषणा गरिने पनि वडाले जनाएको छ ।

विश्वसम्पदा सँचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मँर्त, अमँर्त सम्पदा सो वडामै रहेको छ । कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाचहरु सो वडाबाट सञ्चालन हुने गरेको छ ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

वडाका महत्वपँर्ण सम्पदास्थल, पार्क र सार्वजनिक चोकमा हस्तकलाको सामग्री प्रदर्शनसंगै बिक्रीका लागि राखिने छ ।सो वडाका अधिकाश मानिसहरु हस्तकलामा आबद्ध रहेका छन् । त्यसैले वडालाई धातुकला, सुन र चाँदीको कलात्मक सामग्री बनाउने, पौभा चित्र बनाउने, काष्ठकला र प्रस्तरकलाको केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना छ ।

मेलाले स्थानीयस्तरमा उत्पादित हस्तकलाको बजार विस्तार, ब्रान्डिङ गर्ने, कालिगढलाई ‘एक्सपोजर’ संगै बजारको चाहना र माग बुझ्न सघाउने बताइएको छ । वडाका अनुसार मेला अवधिभर पर्यटक प्रवद्र्धन गर्ने उपाय, संस्कृतिबारे अन्र्तक्रिया, छलफल कार्यक्रम हुने छ । यसले घोषणा अनुरुप त्यसको विस्तृत कार्ययोजना तयार गर्न ठोस टेवा पु¥याउने पनि वडाअध्यक्ष शाक्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्