पुल नहुँदा जोखिम मोलेरै यात्रा



विमल विष्ट, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका ३ बाँफि गाउका स्थानियहरु आफनो घर जानका लागि पुल नहुँदा सेती नदी वारपार गर्न बाध्य भएका छन् । आफनो गाउमा जानकालागि गतबर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महिना पहिला समुहागाढको गेरुपनि नजिक झुलुंगे फुल निर्माण गरिएपनि उक्त पुल उद्घाटन हुन नपाउदै भत्कियो ।

पुल बनेपछि ज्यान जोखिम बाट मुक्ति पाईएको आभाष गर्ने उक्त गाउका स्थानियहरुको खुसि पुल भत्किएपछि एका एक खोसियो । पुल उद्घाटन हुन नपाउदै भत्किएपछि स्थानियहरु पहिलेको जस्तै ट्युबको भरमा यात्रा गर्न र सरसामान बोक्न बाध्य भएको बाँफी गाउका स्थानिय कलीभान साँउदले बताउनु भयो ।

असार साउनको भेलामा अन्तै बाट यात्रा गर ेपनि उक्त गाउका स्थानियहरु हिउँदे महिनामा सधैं ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । सेती नदिमा ज्यान जोखिममा राखेर टयुबमा यात्रा गर्ने गरेको नजिकैको केआईसिंह राजमार्गमा हिड्ने नेता तथा मन्त्रीहरुले देखेपनि उनिहरुको बारेमा कसैले नबोलेको स्थानियको आरोप छ ।

सेती नदिमा जोखिम मोलेर यात्रा गर्दा अहिले सम्म दर्जनौले ज्यान गुमाइसकको स्मरण आफु संग अझै ताजै रहेको अर्का स्थानिय महानन्द साँउदले बताउनु भयो । ‘ट्युबमा यात्रा गर्दा पल्टिएर कति सेतीनदिमा डुबेर मरीसके उहाँले भन्नु भयो ‘पुल नबने अझै कतिले ज्यान गुमाउने हुन थाहा छैन् ।’

प्राय साँउदहरुको बढी जनसंख्या भएको उक्त गाउमा करिब दुई सय घरधुरी रहेका छन् । उक्त गाउका स्थानियहरुले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउको बजारमा आउनु पर्छ । उक्त बजारमा आउनका लागि स्थानिय महिला, केटाकेटी लगायतकाले टयुबको भरमा यात्रा गर्ने गरेको स्थानियबासीहरु बताउछन् ।

पुल नहुँदा बाँफी गाउका स्थानियलाई निकै समस्या भएको शिखर नगरपालिका १ कालागाढका स्थानिय चेत बोगटीले बताउनु भयो । उहाँले भन्नु भयो ‘दिउसो त केही भईहाले नी पत्ता लागिहाल्छ कतिपय त राती घर जान्छन कसरी घर पुग्छन पत्तो हुदैन् ।’ उक्त गाउँमा पुलको समस्या मात्र होइन, अन्य पूर्वाधारको सहित खानेपानी, शिक्षा, स्वास्थ र यातायातको पहुँचबाट पनि निकै टाढा रहेको स्थानियबासीहरु बताउछन् ।

उता दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाँफी गाउका स्थानियलाई आवत जावतमा सहज होस भन्नका लागि पुल निर्माणको कार्य अगाडी बढाईएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्